गौमतीका अभिभावकले छाने विद्यालय व्यवस्थापन समितिका सदस्यहरु

विद्यालय व्यवस्थापन समितिका लागि गौमती माध्यमिक विद्यालयको अभिभावकहरुको भेलाले आज विद्यालय सञ्चालक समितिको सदस्यका लागि चार जना अभिभावकको नाम शिफारिस गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वलकुमार थापाको प्रमुख आतिथ्यतामा बसेको अभिभाकहरुको भेलाले सर्वसम्मत रुपमा ४ जनाको नाम चयन गरेको हो । कमलामाई नगरशिक्षा अधिकारी शंकर लुईटेल, नगरप्रवक्ता कर्ण घिसिङ, फोकल पर्सन दिपक बुढाथोकी उपस्थित हुनभएको भेलामा नगरशिक्षा अधिकारी लुईटेलले सम्वोधनगर्दै सहजीकरण गरेका थिए ।
सो भेलाले अभिाभवकका तर्फबाट विद्यालय व्यवस्थापन समितिको सदस्यमा कर्ण घिसिङ, सूर्य राय, कुमारी आले र रमिला पौडेललाई सर्वसम्मतीबाट चयन गरेको हो । विद्यालय व्यवस्थापन समिति चयनका लागि वडा कार्यालयको तर्फबाट १ जना र नगरप्रमुख बाट एकजना मनोनित गर्ने व्यवस्था शिक्षा ऐनले गरेको छ । विद्यालयका प्रधानाध्यापक सदस्य सचिव रहनेगरी सदस्यहरु मध्येबाट अध्यक्ष चयन गर्ने प्राबधान रहँदै आएको छ ।