पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १७ जनाको मृत्यु

 पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ।यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ।यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ५०२ जना कोरोना संक्रमित थपिएका छन्।