नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४सय ७५ पुग्यो

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

देशभर मंगलबार थप ५०२ जना कोरोना संक्रमित थपिएका छन्।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६, संखुवासभाका १, सुनसरीका १, धनुषाका ११, पर्साका १, बाराका ४, महोत्तरीका ५, रौतहटका १, सप्तरीका २, सर्लाहीका २, सिराहाका १, काठमाडौँका २८९, काभ्रेका ३, चितवनका १८, धादिङका ३, भक्तपुरका १२, मकवानपुरका १२, रामेछापका २, ललितपुरका ३८, सिन्धपाल्चोकका २, सिन्धुलीका १, गोरखाका २, तनहुँका ३, नवलपरासीपुर्वका ९, लमजुङका २, वागलुङका १, स्याङजाका १, अर्घाखाँच्ीका १, गुल्मीका २, दाङका १, नवलपरासीका ४, पाल्पाका १८, बर्दियाका १, बाँकेका ४, रुपन्देहीका ३६, कञ्चनपुरका १ तथा दार्चुलाका १ जना संक्रमित थपिएका हुन्।स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ३ हजार १ सय १२ पीसीआर परीक्षण भएको छ। यसैगरी देशभर ३१८ जनाको आइसीयुमा र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।