बारामा मंगलबार तीव्र गतिमा रहेको सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा परि १२ जना घाईते भएका छन्। ना १ ज २८७९ नम्बरको सुमो दुर्घटना हुँदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ जैतापुरकी ३० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
बारास्थित मानवत मटिअर्वा सडक खण्ड अन्तरगत जैतापुर बाट कलैया आउदै गरेको सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतिय पोलमा ठोक्कीएर दुर्घटनामा परेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए।
दुर्घटनामा सुमोका चालक रामभजन धामी, सावित्री चौधरी, सरस्वती धामी लगायत घाईते भएका छन्। अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।
घाइते भएकाहरुको गण्डक अस्पतालमा उपचार भइरहेको छ। चालक राम भजनको अवस्था गम्भीर रहेको छ।