सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढी यु द्धमा विश्वमा सा म्राज्य फैलाउदै हिडेको अंग्रेज से नालाई ह राई बिरासत कमाएको दिनको सम्झनामा सोमबार ऐतिहासिक सिन्धुलीढीको २५३ औ बिजय उत्सव मनाईएको छ ।
बिगत बर्षहरुमा कात्तिक २४ गते विभिन्न भव्य कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाईदै आएकोमा यो बर्ष कोरोना क हरका कारण सिन्धुलीगढीमा सिमित मानिस भेला भई राष्ट्रिय झण्डा फहराएर र नेपाली सेनाले सलामी दिई मनाईएको आयोजक कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले नेपाली राष्ट्रिय झण्डा झण्डोत्तोलन गर्नु भएको थियो भने सदरमुकाम सिन्धुलीमाढी स्थित बद्र्धबहादुर गणका नेपाली सेनाले सलामी अर्पण गरेका थिए ।
सो अवसरमा आयोजना गरिएको समारोहमा कमलामाई नगरपालिकाका मेयर खत्रीले सिन्धुलीगढीको ईतिहासको चर्चा गर्दै २५३ बर्षअघि बिश्वमा सा म्राज्य फैलाउदै हिडेको आधुनिक ह तियारले सुसज्जित अंग्रेज सेनालाई सिन्धुलीगढीमा रोकेर तत्कालिन गोर्खाली से नाले ह राएर राष्ट्रियता जोगाएको बताउनुभयो ।

उहाँले बिं.सं. १८२४ असोज १५ गते सिन्धुलीगढीमा यु द्ध भएर गोर्खाली सेनाले बिरासत कमाएको ईतिहास भएपनि पानी परिरहने मौसम र चाडबाड आदि कारणले बिजय उत्सव भने कात्तिक २४ गते मनाउदै आएको बताउनुभयो ।
सो अबसरमा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले स्वागत गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सभापति होमकुमार कार्कीले पनि मन्तव्य दिनु भएको थियो । सिन्धुलीगढीमा निर्माण गरिएको पृथ्वीनारायण साहको सालिकमा माल्यार्पण गरिएको थियो ।

विगत बर्षहरुमा पञ्चेबाजा, सांस्कृतीक कार्यक्रम, विभिन्न जनजातीको झाँकी, खैजेडी भजन लगायतका गतिविधि गरी सिन्धुलीगढी बिजयोत्सव मनाउने गरिएकोमा यो बर्ष कोरोनाका संmमणका कारण सामान्य कार्यक्रम आयोजना गरी बिजयोत्सवलाई निरन्तरता दिएको नगरपालिकाले जनाएको छ । बिजय उत्सवका अनुसार कमलामाई नगरपालिकाल आफु मातहतका सारकारी कार्यालयलाई सोमबार सार्बजनिक विदा दिएको छ ।
वि.सं. २०६७ सालदेखि नेपाल पत्रकार महासंघले सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरेकोमा स्थानीय तहको निर्बाचनपछि कमलामाई नगरपालिकाले स्वामित्व ग्रहणगरी बिजय उत्सव मनाउदै आएको नेपाल पत्रकार महासंघका शाखा सभापति होमकुमार कार्कीले सुनाउनुभयो ।

नेपाल एकिकरणका बेला बिं. सं. १८२४ असोज १५ गते सिन्धुलीगढीको यु द्धमा काठमाण्डौ कब्जा गर्न ईष्टईण्यिा कम्पनिका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अंग्रेज सेनालाई बंसु गरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएर बिरासत कमाएको थियो । त्यसैको खुशीयालीमा सिन्धुलीगढीलाई अन्तराष्ट्रिस्तरमा चिनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानीय रुपमा कात्तिक २४ गते सिन्धुलीगढी बिजय उत्सव मनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
सिन्धुली जिल्लाको प्रमुख ऐतिहासिक स्थल मध्येको एक सिन्धुलीगढीको गुरु योजना नै बनार कमलामाई नगरपालिकाले पर्यटकिय क्षेत्रको रुपमा बिकास र संरक्षण गर्दै गएको छ । नेपाली सेनाको नागरिक सहयोग अभियान अन्तर्गत सिन्धुलीगढीमा यु द्ध संग्राहलय निर्माण भई रहेको छ । कमलामाई नगरपालिकाको समन्वयमा निर्माण भएको उक्त संग्राहलय निर्माणको जिम्मेवारी सदरमुकाम सिन्धुलीमाढीस्थित नेपाली सेनाको बद्र्धबहादुर गणले पाएको छ ।

गणका अनुसार नेपाली सेनाको पूर्व–पश्चिम एकिकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियान अन्तर्गत सिन्धुलीगढीमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । चार करोड १७ लाख रुपियाँ लागतमा युद्ध संग्राहलय निर्माण सुरु गरिएको हो । सुरुमा निर्माण सुरु गरेको मितिले नौ महिनाभित्र सक्ने भनिए पनि लकडाउनका कारण निर्माण कार्य प्रभावित भएको छ ।
उक्त गणका गणपति बिजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पुरा गर्न नसकिएकाले छ महिना म्याद थप भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले छ महिना म्याद थप गरि दिएको छ । अब त्यही समयभित्र निर्माण पुरा गर्दछौं ।” उहाँले पनि कमलामाई नगरपालिका र बद्र्धबहादुर गण मिलेले सिन्धुलीगढी यु द्धमा प्रयोग भएका युद्ध सामग्री खोज्ने क्रम सुरु भएको सुनाउनुभयो ।

संग्राहलय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिएको उक्त गणले जनाएको छ । गणका अनुसार पुरानो र नयाँ मिश्रित मोडलमा संग्राहलय निर्माण भई रहेको छ । संग्राहलय भित्र वृत चित्र मार्फत गढीको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटर, तत्कालिन समयमा सेनाले प्रयोग गरेका घरेलु हात हतियार, तोप, गोला, दस्ताबेज, तत्कालिन यु द्धकालिन समयमा घरेलु सेना र बिपक्षी सेनाको पोशाक प्रर्दशन लगायत संग्रहित गरि राखिने छ ।
करिब छ हजार २८१ स्क्वायर फिट क्षेत्रफलमा छ कोठे एक तल्ले संग्राहलय बन्न लागेको हो । उक्त लागत स्ट्रक्चर निर्माणको मात्र हो । संग्राहलयको आन्तरिक सजावट कमलामाई नगरपालिकाको बजेटबाट गरिने उक्त गणले जनाएको छ ।