जुर शीतल पर्व मनाउँदै थारु समुदाय

थारु समुदाय आज शिरमा पानी र आशिर्वाद, उज्‍वल भविष्‍यको कामना गर्दै ‘जूर-शीतल’ पर्व मनाउँदैछन्। तराईमा गर्मी मौसम सुरु हुन लागेको र यो पर्वमा पानीको बढी भन्दा बढी प्रयोग हुने गरेकाले उनीहरु पानीले शीतलता प्रदान गरोस् भन्दै जुर शीतल मनाउन लागेको हो।

जुरको अर्थ भाग्य र चिसो पनि। यसकारण यसलाई शीतलता प्रदान गर्ने भाग्यको पर्वको रुपमा पनि लिइन्छ।खेती नै प्रमुख आय-आर्जनको श्रोत भएको थारु समुदायमा पानीको महत्व हुने नै भएकोले यो पर्वमा बढी भन्दा बढी पानीको प्रोयोग हुन्छ।यो पर्व सँगसँगै नयाँ बर्ष पनि पर्ने भएकोले नेपालमा यसको महत्व झन बढ्न गएको छ।

यसका साथै तराईमा बसोवास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको छ। यो पर्वमा खुशी, उद्गार तथा हर्षोल्लासका साथ धुमधामले मनाउने गरिन्छ।