नवराज गौतम: प्रधानमन्त्री केपी शर्मा ओली वास्तवमा ज्याद्रो नै हुनुहुँदो रहेछ – यो पटक त पक्कै विरोधिले घेरामा पारे कि जस्तो लाग्ने तर, चक्रब्युह तोडेर फुत्त बाहिर । विश्व चर्चित कार्टून चित्र “टम एण्ड जेरी”को जेरी जस्तो । टमले षड्यन्त्र गर्न पनि नछाड्ने उता जेरी पनि आफ्नो बुद्धि र विवेकलेबिरोधिलाई सबक सिकाउने । टम एण्ड जेरीको यो खेल अहिले नेकपाको रंगमञ्चमा जारी छ। यो “चुहा बिल्ली” खेलको पछाडी पनि कारण छ। कारण के हो भने अहिले नेपालमा प्रधानमन्त्री केपी ओली- को सरकार छ र यो सरकारले धेरैको टाउको दुखाएको छ । पहिलो टाउको दुखाइ छिमेकी मुलुक भारतलाई भएको छ। किनकि यहाँ नौ नौ महिनामा सरकार परिवर्तन गरेर देशमा अस्थिरता ल्याउने र मनपरि गर्ने उसको दादागिरी रोकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकार अहिले तीनवर्ष पुरा गर्दैछ । पाँच वर्ष पुरा गरे यो सरकारले नेपालमा एउटा नयाँ रेकर्ड कायम गर्नेछ । नेपालको प्रजातान्त्रिक इतिहासमा एउटै सरकार पाँचबर्ष टिकेको रेकर्ड छैन।सुन्दा अनौठो लाग्ने यो घटना हामी नेपालीको लागि भने सामान्य हो । किनकी हामीले दादागिरी भोग्दै आयौं । अहिले पनि धेरैले भन्दैछन – भारतले चाहेमा चुट्कीमा यो सरकार ढाल्न सक्छ । यो भनाइ कमजोर पराजित र निराश मानसिकताको उपज हो । यसबीच गंगा र बागमतीमा पानी मात्र बगेको छैन, केपी ओलीको सरकारले भारतीयहरुको हैकम र दबदबा पनि बगाएको छ । अर्को छिमेकी मुलुक चीनसँग पारवहन सम्झौता गरेर अब भारतमाथिको निर्भरताको अन्त्य समेत गरेको छ । यतिमात्र कहाँ हो र नेपाल सरकारले भारतले कब्जा गरेको भूमि र त्यहाँ रहेको भारतीय फौजको फिर्ताको माग पनि गरेको छ , छुटेको भूमि समावेश गरी नयाँ नक्सा जारी गरेको छ।यो नेपालको इतिहासमा अभूतपूर्व घटना हो । यो सबै प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सम्भव भएको हो । र ओलीका यी कार्यले छिमेकी मोग्याम्बो खुशी हुने कुरै भएन । उ अहिले केपी ओलीलाई तह लगाउन षड्यन्त्रका तानाबाना बुन्न तल्लीन छ। नेपालमा लोकतान्त्रिक संविधान जारी हुनु , केपी ओली प्रधानमन्त्री हुनु , देश र संविधानको संरक्षकको रुपमा राष्ट्रपति निर्वाचित हुनु यी घटनाहरुका कारण सबैभन्दा बढी पिडामा कोही थिए भने ती हुन पूर्व राजा ज्ञानेन्द्र । बर्षौंको बंशको शासन आफ्नै आँखा अगाडि हेर्दा हेर्दै खोसियो – केही गर्न सकेनन् । कस्तो पीडादायी क्षण थियो होला – राजाले कुनैबेला रैतीको सर्वस्व हरण गरे जस्तो। अहिले उनी पनि आफ्नो गुमेको शक्ति प्राप्तिहेतु हरसम्भव प्रयास गरिरहेछ्न । उनको लागि पनि प्रमुख बाधक अहिले प्रधानमन्त्री केपीओली नै देखिएका छन् । तेस्रो दुखाइ प्रतिपक्षी दलहरुलाई भएको छ। केपी ओलीको बढ्दो प्रतिष्ठाका कारण प्रतिपक्षी दलहरुले शर्मनाक हार भोग्नु पार्यो । नेपालको संसदीय राजनीतिमा यस्तोपराजय नेपाली कांग्रेसले कहिले भोग्नुपरेको थिएन । र यो सब अरुका कारणले हैन , केपी ओलीका कारण भएको हो । केपीओली रहुन्जेल नेपाली काग्रेसलाई पुनः पहिलेकैअवस्थामा उठ्न त्यति सजिलो छैन । ओलीको शक्ति क्षीण नगरीअब कुनै निर्वाचन जित्न पनि सम्भव छैन । यसकारण प्रतिपक्षीदल नेपाली कांग्रेस पनि अहिले ओली विरुद्ध घात लगाएर बसेको छ । छिसिक्क केही भयो कि – प्रहार माथी प्रहार । यी त भए ओली विरुद्ध लागेका बाहिरीयाहरु । अहिले नेकपाभित्र नै पनि केपी ओलीको बढदो हाइट् , अन्य नेताहरुका लागि चिन्ताको विषय भएको छ । विशेष गरेर पुष्पकमल दाहालको लागि केपी ओली एउटा ठूलो समस्या भएका छन । दाहालको शक्ति आर्जनको महत्वाकांक्षाले पार्टीभित्रको संकट झन गहिरिदै गएको छ। केही दिनअघि विवाद हुँदा उनलाई पार्टी र ओलीलाई सरकार सँचालनको जिम्मा दिइएको थियो । तर, पार्टीको काम लथालिङ्ग छाडेर अहिले उनी पुनः सरकारको दैनिकीमा दखल दिन थालेका छन । प्रधानमन्त्रीको पद उनको लागि पार्टी अध्यक्षभन्दा लोभलाग्दो भएको छ । उनी जतिसक्दो चाडो ओलीलाई सत्ताच्युत गरी आफू त्यो पदमा आसिन हुन चाहन्छ्न । यसले गर्दा मुसा-बिरालोको खेल झनै रोमाञ्चक भएको छ । नेपालको मामिलामा बाहिरबाट हेर्दा भारत अहिले जति शान्त र चुपचाप देखिन्छ त्यस्तो चाहिँ पक्कै हैन । हिजो नाकाबन्दी र मधेसवादी दललाई खुला समर्थन गरे जस्तो गलती उ पुनःदोहोर्याउन चाहदैन । प्रधानमन्त्री केपी ओली दवावको सामु नझुकेको , बरु त्यसले ओलीलाई जनताको बीच झन बलियो बनाएको भारतले देखिसकेको छ । अहिले उ अलि फरक ढंगले मुभ गर्न चाहन्छ । यसका लागि भारतले विभिन्न राजनीतिक दलभित्रका आफ्ना अनुचर र दूतावासको संरक्षण मा हुर्केका नेपाली कलमजीवी, बुद्धिजीवी र बिश्लेषकहरुलाई देशमा भ्रष्टाचार बढ्दै गएको, शान्तिसुरक्षाको अवस्था नाजुक रहेको , सरकार हरेक क्षेत्रमा असफल भएको जस्ता हल्ला र भ्रम सृजना गर्ने र ओली सरकारविरुद्ध जनमत सृजनागर्ने काममा खटाएका छन। प्रधानमन्त्री ओली विरुद्ध यसरी भारतीय शासक , पुर्वराजा प्रतिपक्षीकाँग्रेस अनि नेकपाकै केही नेताहरु सक्रिय रहेका छ्न । यिनीहरु जसरी पनि प्रम ओलीलाई चक्रब्युहमा फसाउने तयारीमा लागेका छ्न । तर ओली…..शुरुमै भनी सकें कार्टून चलचित्रको “जेरी” जस्तो । कथङकदाचित जेरीलाई षड्यन्त्रपुर्वक फसाइयो भने स्वभाविक हो खेलको “द इन्ड” हुन्छ । अनि नेकपा पनि रहदैन। –