सिन्धुलीमा अटो दुर्घंटना, ५ घाइते

कमलामाई नगरपालिका वडा नंं ५ सिलामेमा आज दिउँसो ज १ ह ४१६३ नम्वरको अटो दुर्घटनाहुँदा केही यात्रु घाइते भएका छन् । कच्ची बाटोमा तिब्र अगतिमा अटो दौडिएकाले दुर्घटना भएको स्थानीय केदार सत्यालले जानकारी दिए । अटोमा सवार ५ जना घाइते भएको थाहा लागेको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थाहा लागेको छ । घाइतेको सिन्धुली अस्पतालमा उपचारपछि घर पठाइएको छ ।