सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकतामा गम्भीर सङ्कट उत्पन्न भएको बताइरहेका बेला पूर्व सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले भने यसलाई लेनदेनको व्यापारीक स्वार्थमा अडेको एकताको संज्ञा दिएका छन् ।
केपी ओलीका बिश्वासिला पात्रसमेत रहेका नेकपा सांसद एवम् केन्द्रीय सदस्य बास्कोटाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेनदेनको व्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान हुने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि, वेकारको हल्ला।’
दुई अध्यक्षबीच दुरी बढ्दै गएपछि विभिन्न नेताहरुलाई दूत बनाएर छलफल अघि बढाउने काम भइरहेको छ । यसैबीच शनिबार दुई अध्यक्षबीच झण्डै दुई हप्तापछि भेट भए पनि सकारात्मक नभएको बताइएको छ ।
