कोरोना महामारीकाबीच बिहारमा पहिलो चरणको मतदान सुरु

भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान सुरु भएको छ।

२४३ सिट रहेकाे बिहार विधानसभामा पहिलो चरणको मतदान सुरु भएको हो । पहिलो चरणमा बिहारका ६ जिल्लामा कुल ७१ सिटका लागि मतदान सुरु भएको हो।

७१ सिटका लागि जम्मा १ हजार ६६ जना चुनावी मैदानमा छन्। पहिलो चरणको मदतानमा २.१४ करोड मतदाता सहभागी हुने अनुमान गरिएको छ।

कोरोना महामारी सुरु भएयता भारतमा पहिलो पटक चुनाव हुन लागेको हो।

Bihar Assembly Election 2020 Live Phase 1 Voting News Updates: voting for 71 vidhan sabha polls today news in hindi

मतदाताहरुका लागि जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

Amarujala.com