मैंले ५२ सालदेखीनैं दशैंको टिका लगाएकै छैन: राजन दाहाल अध्यक्ष नेकपा सिन्धुली

नेकपा जिल्ला अध्यक्ष एवम् बाग्मती प्रदेश सदस्य राजन दाहालले २०५२ साल देखि दशै मनाउन छाडेको बताउनुभयो । उहाँले जनयुद्धमा सहाभगी भए देखिनै दशैमा रातो टिका लगाउन छोडेको बताउनुभयो । दशै पनि एक साँस्कृतीक आन्दोलन भएपनि साना निमुखामाथी बिजय गरेर जित्नेले मनाउने पर्व भएकाले मनाउन छोडेको जानकारी दिनुभयो । रामायणमा रामले रावण माथी बिजय प्राप्त गरेको साहित्यिक रचना र कथाको आधारमा दशै मनाउन सुरुवात गरिएको स्मरणगर्दै आफुले सोहि बुझाइको आधारमा माक्सवादी बिचार मान्ने कमिन्युष्ट पार्टीको सदस्य भएको नाताले पनि मनाउन छोडेको बताउनुभयो । दशैको समयमा घरमानंै बस्ने साथी भाई तथा नेता कार्यकता सँगनै बसेर भेटघाट गरेर मनाउने उहाले भन्नुभयो । दशै नेपालीहरुको एकताको सन्देश दिने पर्व भएको हुनाले पनि आम जिल्ला बासीलाई कोभिडबाट
सुरक्षित भएर बनाउन आग्रह गर्नुभएको छ । चार्डपर्वमा अनाबश्यक खर्च नर्गन पनि अध्यक्ष दाहालले आह्वान गर्नुभयो ।