दशैंका समयमा पार्टी कार्यकर्ताका सुख दुःख सुन्ने र पुस्तकहरु पढ्ने योजना बनाएको छुः प्रदीप कटुवाल सचिव नेकपा सिन्धुली


नेकपा सिन्धुलीका सचिव एवम् प्रदेश सांसद प्रदीप कटुवालले दशैं असत्यमाथि सत्यको बिजयको पर्व भएकाले त्यसलाई तडक भडक नगरी सामान्य ढंगले बनाउने योजना बनाएको बताउनु भयो । उहाँले कोरोना संक्रमणका बेला घरभित्रै बस्ने, पार्टीका साथीहरुसँग फोन फान गर्ने, उहाँहरुका सुख दुःख सुन्ने, पुस्तकहरु पढ्ने जस्ता कामहरु गर्ने योजना बनाएको उल्लेख गर्नुभयो । कोरोनाले त्रसित बनाएको अहिलेको अबस्थामा सबै आआफ्नै घरमा बसेर
कोरोना संक्रमणलाई फैलनबाट रोकौं । हामी कोरोना ओसार पसारको माध्यम नबनौं ।