भारतको आन्ध्र प्रदेश र तेलंगानामा भीषण वर्षा भएको छ । वर्षासँगैको बाढीका कारण सडकहरुले नदीको रुप लिएका छन् ।
आन्ध्र प्रदेशमा वर्षाका कारण कम्तीमा सातजनाको ज्यान गएको छ । मृतकका परिवारलाई पूर्ण सहयता गरिने सरकारले जनाएको छ ।
चक्रवातका कारण भएको भीषण वर्षापछि पहिरो गएको छ । तेलंगानाको राजधानी हैदराबादमा मंगलबार दिउँसोदेखि भीषण वर्षा भइरहेको छ, जसका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
तेलंगानाको मेडचल–मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र नराम्रोसँग प्रभावित भएको छ।








