पाकिस्तानको प्रान्तीय सरकारले पेशावरमा रहेका भारतका दुई वरिष्ठ अभिनेता दिलिपकुमार र राज कपूरसहितको पुर्ख्यौली घरहरुलाई संग्रहालय बनाउने योजनाको प्रशंसा भयो ।
दिलिप कुमारले आफ्नो पुर्ख्यौली घरका तस्बिर सेयर गर्न गरेको आग्रह भारत र पाकिस्तान दुवै तर्फका फ्यानले स्वीकार गरे ।
पाकिस्तानी पत्रकार शिराज हसनले सामाजिक सञ्जाल ट्वीटरमा पेशावर स्थित घरका केही तस्बिर पोस्ट गरेपछि ९७ वर्षका अभिनेता कुमारले आफ्नो पुस्तौनी घरको झलक पाए । जीर्ण अवस्थामा भए पनि पुस्तौनी घर देख्न पाउँदा आभारी भएको वरिष्ठ अभिनेता कुमारले बताएको इन्डियन एक्सप्रेसमा प्रकाशित खबरमा उल्लेख छ ।
पाकिस्तानको सर्वोच्च नागरिक सम्मान पाएका अभिनेता कुमारले पत्रकार हसनको ट्वीटमा प्रतिक्रिया दिँदै स्वतन्त्रतापूर्वक आफूले समय बिताएको घरको अरु तस्बिर अरु कसैले पनि साझा गर्न सक्छ की भनेका थिए ।
उनले आफ्नो पुर्ख्यौली घरको तस्बिर भए ह्यासट्याग दिलिप कुमार राखेर ट्वीट गर्न भनेका थिए । त्यसपछि धेरैले उनको पुरानो घरको तस्बिर सो ह्यासट्याग राखेर ट्वीट गरे ।
Dilip Kumar@TheDilipKumarThank you for sharing this. Requesting all in #Peshawar to share photos of my ancestral house (if you’ve clicked the pic) and tag #DilipKumar











