सिन्धुली जिल्लाको फिक्कल गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेको छ । माओवादी सशस्त्र संघर्षको क्रममा पूर्वी हेर्डक्वार्टर पनि फिक्कलमैं थियो भने पार्टीको प्रकाशन जनादेश साप्ताहिक प्रकाशन र रेडियो जनगणतन्त्र सोही क्षेत्रबाट प्रसारण भएका थिए । अत्यन्त रमणीय क्षेत्रका रुपमा रहेको फिक्कलको पर्याप्त मात्रामा प्रचार प्रसार भने हुन सकेको छैन ।
फिक्कल गाउँपालिकाका प्रवक्ता राजु बरालले बिहिवार बिहानै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएका मनमोहक दृश्यहरु ।











