विशाल-कुमार स्मृति पत्रकारिता पुरस्कार घिमिरेलाई

सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव अधिकारीकर्मी कृष्णहरि घिमिरेलाई २१ औँ विशाल – कुमार स्मृति दिवसको अवसरमा पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

पत्रकार घिमिरेलाई प्रेस चौतारी नेपालको संवन्वयमा विशाल कुमार – स्मृति प्रतिष्ठानकी अध्यक्ष एवम् शेरमान कुवर(विशाल) को जीवन संगिनी निरू दर्लामी र नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं विशाल कुमार स्मृति प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले दोसल्ला ओढाउँदै प्रमाण पत्र र नगद पाँच हजार रुपैंया प्रदान गरेका थिए।
विशाल कुमार स्मृति प्रतिष्ठानले हरेक वर्ष एक जना जनपक्षीय पत्रकारलाई स्मृति दिवसको अवसरमा सम्मान र पुरस्कृत गर्दै आएको छ । तत्कालीन माओवादीका केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र वैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ लाई सिराहा जिल्लाको धन्छवारमा तत्कालीन नेपाली सेनाद्वारा नियन्त्रणमा लिई आजकै दिन अर्थात् भदौ २० गते गोली हानी बीभत्स हत्या गरेको थियो ।

स्मृति कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विशाल कुमारले देखाएको बाटोबाट नेपाली कम्युनिस्ट आन्दोलन अगाडि बढिरहेको र त्यसको नेतृत्व अहिले केपी ओलीले गरिरहनु भएको बताए । उनले भने, कमरेड पुष्पलाल, मदन भण्डारी र केपी ओली नेपाली कम्युनिस्ट आन्दोलनको एउटै पाटो भएको र एमाले मात्रै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाहका रूपमा अगाडि बढिरहेको छ ।

कार्यक्रममा नेकपा एमलेका बागमती प्रदेश कमटिी सदस्य शान्तमिान कार्कीले विशाल र कुमारको आदर्शलाई अनुशरण गरे सिन्धुलीको कम्युनिष्ट आन्दोलनले उचाई प्राप्त गर्ने बताए । उनले शहीद कुनै पार्टी विषेशको मात्र नभई सबैको साझा भएको प्रष्ट पारे । एमाले सिन्धुलीका जल्लिा अध्यक्ष महेन्द्र देव श्रेष्ठले विशाल र कुमारको योगदान स्मरणीय भएको बताउँदै उहाँहरुले बिताउनु भएको सादा जीवन सबैका लागि अनुकरणीय भएको उल्लेख गरे ।
प्रतिष्ठानकी अध्यक्ष एवम् नेकपा एमालेकी केन्द्रीय सदस्य निरु दर्लामीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश प्रचार वभिागका सचवि प्रेम दाहालले सिरहाको धन्छवारमा तत्कालिन शाही नेपाली सेनाले ,नियन्त्रणमा लिएर हत्या गरेको र सो प्रकरणमा माओवादीकै नेताहरुले सेनालाई सूचना दिएको खुलासा गरे । उनले सो हत्या काण्डको निश्पक्ष छानवीनगरी अपराधलाई स्थापित गर्न आवश्यक रहेको उल्लेखगरे ।

सम्मानित पत्रकार कृष्ढाहरु घिमिरेले शेरमान विशालसँग जोडिएको विभिन्न सन्दर्भहरु उल्लेखगर्दे उनको हत्या हुनुमा पार्टीकै नेताहरुको हात रहेको तथ्य पुष्टि हुँदै गएको बताए । उनले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा शेरमान सँधै शेरका रुपमा स्थापित भएको र शत्रुहरुका लागि भयंकर भन्ने भाश्य स्थापित भएको बताए । कार्यक्रममा एमालेका नेताहरु खड्गवहादुर खत्री, रश्मिला देवकोटा, जिल्ला सचिव नवराज थिंग उपसचिव दिपेश बराललगायतका नेता कार्यकर्ताहरुको संलग्नता थियो ।