उपत्यकामा ७२४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितमध्ये काठमाडौँमा ६० प्रतिशत

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ जनामा कोरोना पुष्टि भएको छ। शनिबार देशभर १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर शनिबार १२०७ जना नयाँ संक्रमित थपिएका छन्।

देशभर थपिएको कुल संक्रमितमध्ये काठमाडौँमा ६० प्रतिशत संक्रमित थपिएका हुन्।