कोरोना भाइरस (कोभिड १९) का कारण ११ जना नेपालीहरुको शव यूएईमा अलपत्र परेको छ ।
नेपाली दूतावास श्रोतका अनुसार लकडाउनले गर्दा विभिन्न कारणले मृत्यु भएका ११ जना नेपालीहरुको शव यूएईका अस्पतालमा अलपत्र परेको हुन । हवाई यतायत अबरुद्ध भएका कारण शवहरु नेपाल पठाउन नसकिएको दूतावासले जानकारी दिएको छ ।
यूएई सरकारले छिटो भन्दा छिटो ती शवहरु नेपाल लैजान वा यहीँ अन्त्येष्टि गर्न पनि दबाब दिएको छ । एक जना परिवारले यूएईमै अन्त्येष्टि गर्न अनुमति दिएको श्रम सहचारी मोतिराम भुषालले जानकारी दिएका छन् । मृतकको परिचय खुलाइएको छैन ।