एक हजार ३९ जना कोरोना सङ्क्रमित थपिए, ९ जनाको मृत्यु

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

नेपालमा कोरोना भाइरसका एक हजार ३९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै हालसम्मका कुल ५४ हजार १५९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौबीस घण्टामा एकहजार १७३ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् । यससँगै कोरोनाभाइरसबाट निको भएकाहरुको संख्या ३८ हजार ६९७ पुगेको छ ।

संस्थागत आइसोलेसनमा सातहजार ७३१ र होम आइसोलेसनमा सातहजार २८७ रहेका छन् । सकृय सङ्क्रमितहरू १५ हजार ११७ रहेका छन् । क्वारेन्टिनमा छहजार ५३६ रहेका छन् । पछिल्लो चौबीस घण्टामा नौजनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसका कारण मृत्यु भएका ३४५ पुगेको छ ।