अब खेत वारी बाँझो हुँदैनः अध्यक्ष कार्की

लिफ्ट सिचाईको उद्घाटन गर्दै अध्यक्ष धनवहादुर कार्की । फोटोः गाउँपालिका कार्यालय


सिन्धुलीको फिक्कल गाउँपालिका र तोसिबा कम्पनीको आर्थिक सहयोगमा लिफ्ट सिचाई योजना सञ्चालनमा आएपछि फिक्कल ४ खाङसाङमा खेत तथा वारी बाँझो बस्ने समस्याबाट किसानहरुले मुक्ति पाएका छन् ।

Image may contain: one or more people, people standing and outdoor
लिफ्ट सिचाईको उद्घाटन गर्दै अध्यक्ष धनवहादुर कार्की । फोटोः गाउँपालिका कार्यालय

सुनकोशी नदीबाट जडान गरिएको लिफ्ट सिंचाई योजनाको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष धनवहादुर कार्कीले उद्घाटन गरेका छन् । उद्घाटनपछि उक्त योजना सम्पन्न पश्चात खाङसाङका किसानहरुले भोग्दै आएको सिचाई अभावको समस्या समाधान हुने र वर्षौलेखी बाँझो रहँदै आएका जग्गाहरु सिंचित हुने अध्यक्ष कार्कीको भनाई थियो । कार्यक्रममा उपाध्यक्ष पार्वती सुनुवारलगायत गाउँ कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Image may contain: 5 people, people standing, outdoor and nature