सिन्धुलीको कमलामाई नगरपालिका र राष्ट्रिय वाणिज्य बैकबीच आज नगरक्षेत्रका किसान तथा वेरोजगार युवाहरुलाई स्वरोजगार बन्नका लागि सस्तो व्याजदरमा ऋण प्रवाह गर्ने संझौतापत्रमा हस्ताक्षर भएको छ ।
कमलामाई नगरपालिकाका तर्फबाट नगर प्रमुख खड्गबहादुर खत्री र राष्ट्रिय वाणिज्य बैकंका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठबीच सो संझौता पत्रमा हस्ताक्षर भएको हो । कमलामाई नगरपालिकामा रहेका वेरोजगार युवा तथा कृषकहरुको लागी लक्षित गरी युवा स्वरोजगार, कृषि तथा विभिन्न व्यवसायहरुलाई प्रर्वद्धन गर्नका लागी सहुलियत दरमा ऋण प्रबाह गराउने सम्झौतामा हस्ताक्षर भएपछि सो क्षेत्रका नागरिकमा उत्साह थपिएको छ ।

राष्ट्रिय वाणिज्य बैकंले पाँच लाख देखी पाँच करोडसम्म कमलामाई नगरपालिकाको सिफारिसमा महिलाको लागी १.८ प्रतिशत र पुरुषका लागी २.८ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सहमति पत्रमा हस्ताक्षर भएको हो । नगरप्रमुख खत्रीले प्रदेशखबरसँग संक्षिप्त प्रतिक्रियादिंदै आजको संझौताबाट बेरोजगारीको अन्त्य गर्न र कृषि क्षेत्रमा व्यवसायिककरणमा ठूलो टेवा पुग्ने विश्प्वास व्यक्त गर्नुभएको छ ।
