कंगनालाई सुरक्षा दिने मोदी सरकारको निर्णय गलतः शिवसेना

भारतको शिवसेना पार्टीले आफ्नो मुखपत्र ‘सामना’ मा प्रकाशित एक सम्पादकीयमा फेरि एक पटक अभिनेत्री कंगना रनौतमाथि निशाना साँधेको छ ।

बुधबार प्रकाशित भएको यो लेखमा कंगनालाई देशद्रोही, बेइमान र मानसिक रूपले विकृत भनिएको छ।

सामनामा लेखिएको छ कि जसले पाकिस्तानले कब्जा गरेको कश्मीरँसग मुब्मई शहरलाई तुलना गरेर अपमान गरिन् उसैलाई सुरक्षा दिने गृहमन्त्रालयको निर्णय अत्यन्त दुर्भाग्यपूर्ण छ।

शिवसेनाले आफ्नो मुखपत्रमा लेखेको छ, ‘मुम्बईको तुलना कश्मीरसँग गर्नु र मुम्बई प्रहरीलाई माफिया भनेर वर्दीको अपमान गर्नु विकृत मानसिकताको उपज हो । महाराष्ट्रको ११ करोड मराठी जनता र मुम्बईको अपमान गर्नु देशद्रोह जस्तै अपराध प्रतीत गर्नु हो । तर जब यस्तो अपराध गर्ने व्यक्तिको साथमा मोदी सरकारको गृह मन्त्रालय सुरक्षा कवचका साथ खडा हुन्छ तब हाम्रा १०६ शहीद स्वर्गमा आँसु बगाइरहेका होलान्।’

सामनामा लेखिएको छ कि यदि कोही व्यक्ति महाराष्ट्रका मुख्यमन्त्रलिाई चुनौति दिन्छ भने पूरा प्रदेश त्यसको विरुद्ध खडा हुनुपर्छ तर बिजेपी सरासर यस्तो व्यक्तिको साथमा खडा भएको छ जसले प्रदेशका मुख्यमन्त्रीको अपमान गरेको छ।