मुलुकमा विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण र मृत्युदर जति भयावह छ, त्यो भन्दा कम छैन, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्रको अन्तर कलह । पार्टी हेर्डक्वार्टरमा देखिएको पद र शक्ति आर्जनको कलहले सिंगो नेकर्पवपा बिभाजनको डिलसम्म पुगेपनि यसमा विराम लागेको छ यद्यपी यो विराम केही समयका लागि गरिएको युद्ध विरामनैं हो । विभाजनको त्रासमा रहेका हजारौं पार्टी कार्यकर्तामा यो अस्थायी युद्धविरामले खुशी त दिलायो, तर जिल्ला जिल्लामा देखिएका आपसी कटुता र एउटा नेतृत्वले अर्कालाई सिध्याउनका लागि गरिंदै आएका हरकतले भने
निराशा पैदा गराईरहेका छन् । एकातिर पार्टी एकताका बाँकी कार्यभार पुरा हुनैं बाँकी छन् भने अर्कातिर एकता प्रक्रियामा सामेल भएका तत्कालिन नेकपा ९एमाले० र माओवादी केन्द्रका नाममा निरन्तर ध्रुबिकरण बन्दै जानु दुःखद पक्ष हो । पार्टीलाई विधी र पद्धति अनुसार चलाउनु पर्छ भन्दै गरिएका काम कारबाही होस् वा आफ्नो समूह भन्दा बाहिर भएकालाई खुइल्याउनु र सिध्यानुपर्छ भन्दै गरिएका गतिविधीले सिन्धुली नेकपा नराम्ररी जेलिएको छ । पार्टी एकता प्रक्रियामा,
जिम्मेवारी बाँडफाँड वा सामुहिक नेतृत्वका सवालमा भएका कमी कमजोरीलाई आपसी छलफल र सम्वादबाट हल गर्नुपर्नेमा ‘भित्तामैं पु¥याउने र सिध्याउने’ प्रवृत्तिको उदाहरण हो सुनकोशी घटना । जिल्ला पार्टी नेतृत्वले स्थानीय सरकारलाई आफ्नो कमाण्डमा राख्न नसक्नुको परिणाम पनि हो त्यो । जव पार्टीले आफ्ना निर्वाचित जनप्रतिनिधीलाई लगाम लगाउने, पार्टी निर्देशित विकासका योजनाहरु अगाडि बढाउन जरुरी थियो । पार्टी र स्थानीय सरकारका बीचमा नङ र मासुको सम्बन्ध हुनुपर्दथ्यो । तर सिन्धुलीमा त्यस्तो हुनै सकेन । यसमा जनप्रतिनिधीको पनि कमजोरी हुन सक्छ । तर यस्ता विषय कहिल्यै पनि पार्टी बैठकमा एजेण्डा नैं बनेनन् । जसले गर्दा जनप्रतिनिधी एकातिर र पार्टी अर्कातिर जस्तैभयो । अहिले यो वा त्यो नाममा सुनकोशीमा भएका गतिविधिले एक छिन त दुवै पक्षलाई आनन्द देला तर त्यसले सिंगो नेकपालाई धुमिल बनाएको छ ।
एकले अर्कालाई सिध्याउन गरिएका कम्युनिष्ट आचरण विरोधी गतिविधीले नेकपालाई कमजोर मात्रै बनाएको छैन, सत्ता प्राप्त गरेर पनि सही ढंगले चलाउन जान्दैनन् र त्यसपछि आफैं पतन हुन्छन् भन्ने आरोपलाई बलियो बनाईदिएको छ । तसर्थ आपसी कटुता र बेमेललाई बिर्सेर मजवुत र एकतावद्ध पार्टी निर्माण गर्नका लागि पार्टी नेतृत्वको सकारात्मक सक्रियता
जरुरी छ । जसले राम्रो काम गर्ने, इमान्दाररसक्षमलाई सम्मान र गलत गर्नेलाई दण्डित गर्ने विधीले नेता कार्यकर्ताहरु बाँधिनैं पर्छ । अन्यथा पार्टी कम्युनिष्ट पार्टी बनिरहन सक्तैन । आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।