कमलामाई नगरपालिकामा कर्मचारीसहित एक हजार बढीको कारोना बिमा

कोरोना संक्रण बढेसँगै कमलामाई नगरपालिकाले कर्मचारीसहित एक हजार बढीको कारोना बिमा गरेको छ ।
नगरपालिकाले आफ्ना सम्पूर्ण कर्मचारी र शिक्षकहरुको कोरोना विमा गरेको हो ।
कमलामाई नगरपालिकाको सामाजिक शाखाले दिएको जानकारी अनुसार कमलामाई नगरपालिकाले एभरेष्ट इन्स्योरेन्स मार्फत २९२ जना र त्यसपछि सामुदायिक विद्यालयमा कार्यरत ७९३ शिक्षकहरुको कोरोना वीमा गरिएको हो । नगरप्रमुख खड्गवहादुर खत्रीको सुझावका आधारमा सामाजिक विकास शाखाले कर्मचारी र शिक्षकको विमाका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

सामाजिक शाखाका बबिन्द्रलाल माझीका अनुसार कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि कर्मचारमिा कोरोना संक्रमण नदेखिएपनि निरन्तर काममा खटिरहेका कर्मचारी उज्ज जोखिममा रहेपछि बिमा गरेको हो । कोरोना बिमा पछि जोखिम र त्रासमा रहेका कर्मचारीको मनोबल उच्च भएको पाइएको छ ।