
काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप १ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०८ जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १४२, ललितपुरमा २५ र भक्तपुरमा १ जना नयाँ संक्रमित थपिएका हुन्।
बिहीबार काठमाडौँ उपत्यकामा २०० जना संक्रमित थपिएका थिए।
शुक्रबार देशभर ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।










