सिन्धुली अस्पतालका डाक्टरसहित कोरोना संक्रमितहरुको संख्या ४३ पुग्यो

सिन्धुलीमा आज ९ जना कोरोना संक्रमितहरु फेला परेका छन् । स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार सिन्धुली अस्पतालमा कार्यरत एक जना डाक्टर र एक जना कार्यालय सहयोगी, कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको जिल्ला आर्युवेद कार्यालयमा कार्यरत चिकित्सक ५ जना, १ जना स्थानीयसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सिन्धुली जिल्लामा कोरोना संक्रमितहरुको संख्या ४३ पुगेको छ । संक्रमण पुष्टि भएका आर्युवेदका कर्मचारी र अर्का १ जना स्थानीय किशोरलाई राममाडी स्थित एपोलो अस्पतालको आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

आज पुष्टि भएका मध्ये सुनकोसी गाँउपालिका–३ मा शुक्रबार ६२ बर्षिय बृद्धमा कोराना संक्रमण देखिएसँगै गाँउपालिमा भने कोरोना संक्रमित बिरामीको संख्या दुई पुगको छ ।

गाँउपालिका अध्यक्ष दिपा बोहोराले संक्रमित बृद्ध लुकेर बिराटनगर गई झण्डै दुई महिना बसेर स्वाब सं कलन हुनभन्दा एक दिनअघि आफ्नो घरमा आउनु भएको जानकारी दिनुभयो । अहिले सं क्रमित बृद्धको सुनकोसी गाँउपालिका–६ स्थित घर सिल गर्ने र पारिवारका सदस्यलाई गाँउपालिका ल्याउने तयारी भई रहेको उहाँको भनाई छ ।

यसअघि सुनकोसी गाँउपालिकाको वडा नं. ४ कोटगाँउ स्थित सिद्ध माध्यमिक विद्यालयमा कार्यरत एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको थियो । गाँउपालिकाले कोरोनाका बिरामी देखिसँगै भदौ १३ गतेसमम १५ दिनका लागि स टडाउन घोषणा गरेको छ । गाँउपालिका अध्यक्ष दिपा बोहोराले भन्नुभयो, “सर्बदलिय बैठकले उक्त घोषणा गरेको हो । अत्यावश्यक बाहेक सबै गतिविधि बन्द गर्ने गरी गाँउपालिकाभरी सटडाउन घोषणा भएको छ ।”

सिन्धुली जिल्लामा अहिलेसम्म १२ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।