बरु कोरोनाको ओखती फेला पर्ला नेकपा झगडाको ओखती नपाइने भोः नेता बाँस्कोटा

पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले पार्टी झगडाको ओखती नपाइने जस्तै भएको बताएका छन्।

‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौँमा चाहीँ नपाइने भो जस्तो छ’, बाँस्कोटाले ट्विट गरेका छन् ।

उनले बिहान मिलेको कुरा बेलुका भत्काइ दिने कन्ट्रोल कक्ष कहाँ रहेछ भनेर पनि प्रश्न गरेका छन्।

नेकपाको विवादका पछिल्ला गतिविधि हेर्दा २०५४ सालको झझल्को आउन थालेको उनले उल्लेख गरेका छन्।

केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा विभाजनको संघारमा छ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधव कुमार नेपाल समूहको समेत साथ लिएर ओलीलाई पदबाट हटाउन खोजेपछि चुलिएको विवाद समाधानको सुत्र फेला परेको छैन।

विवाद बढ्दै जाँदा पार्टी विभाजनको चरणमा पुग्न थालेपछि दुवै समूहले एक अर्कालाई विखण्डनकारीको दोषारोपण गरिरहेका छन्।


Gokul Prasad Baskota@GokulPBaskota०५४काे झझल्को पाे आउन थाल्याे त नेकपामा।बरु काेरनाकाे ओखती फेला पर्ला नेकपा झगडाकाे ओखती कमसेकम काठमाडौंमा चै नपाइने भाे जस्ताे छ।बिहान मिलेकाे कुरा बेलुका भत्काइ दिने कन्ट्राेल कक्ष कहाँ रहेछ।