नेकपामा फेरिंदै शक्ति सन्तुलन, केपी ओली बलियो बन्दै !

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पदबाट
राजीनामा दिनका लागि बहुमतबाट निर्णय गर्ने अडान र चेतावनी दिँदै आएको अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष पछि हटेको छ ।
पार्टी स्थायी समिति बैठकको बहुमतको निर्णय सबैले मान्नुपर्ने र त्यसलाई ओलीले पनि स्वीकार गर्नुपर्ने बताउँदै आएका अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षीय नेताहरु आजको बैठकबाट बहुमत निर्णय गर्न पछि हट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा दाहालको अध्यक्षमा बसेको बैठकले बहुमत भए पनि ‘सुझबुझका साथ अघि बढ्ने’ भनेर ओलीसमक्ष दाहाललाईनैं वार्ता गर्न अख्तियारी दिएपनि दुई मध्ये एक पदबाट राजीनामा दिन बाध्य पार्ने वा निर्देशन गर्ने निर्णय गर्न नसकेपछि नेकपा भित्र अहिले ओली बलियो बन्दै गएको निश्कर्ष निकाल्न थालिएको छ । ओलीले स्थगित गरेको बैठकलाई दाहालले
निरन्तरता दिनु र बहुमत सदस्य बैठकमा उपस्थित भए पनि कुनै ठोस निर्णय गर्न नसक्नुले पनि ओली क्रमश शक्तिशाली बन्न थालेको विश्लेषण गरिएको हो ।
हिजोको बैठकमा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुले बहिस्कार
गरेको र प्रचण्ड र नेपाल पक्षका भनिएकाहरु बैठकको बीचमैं उठेर हिड्नुले पनि जोड घटाउको गणितमा फेरबदल आएको देखिएको हो । बैठकवारे सोधिएको जिज्ञासामा प्रवक्ता नारायणकाजी श्रेष्ठले बहुमत हुँदैमा हतार हतारमा निर्णय गर्ने पक्षमा आफूहरु नरहेको त्यसको असरबारे गंभीर भएर छलफल
गरिएको बताए । उनले पार्टी विभाजन गर्ने पक्षमा आफुहरु
नरहेको प्रष्टपार्दै सन्देश जनप्रियसँग भनेः विगतमा भएको कमी
कमजोरीबाट पाठ सिकेर अगाडि बढिएन भने समस्या पैदा हुनसक्छ । श्रेष्ठले भने, ‘हामी हतारमा कुनै निर्णय मात्र गर्न चाहँदैनौ ं। सुझबुझसहित सकेसम्म सहमतिमा निर्णय गर्न चाहन्छौँ । त्यसकारण बहुमत छ भनेर छिटो निर्णय गर्नुभन्दा सबै पक्षसँग छलफल
गरेर सहमतिमा पुगौं भनेर प्रयत्न गरिरहेका छौं, त्यसलाई सफल बनाउन चाहन्छौं ।’
बहुमतबाट निर्णय गर्दा पार्टी विभाजन हुने र त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्ड र नेपालले लिन नचाहेपछि आज कुनै पनि कठोर निर्णय गर्नबाट नेताहरु हच्किएको बैठकमा सहभागी एक नेताले बताए । ‘बहुमतबाट निर्णय गर्न नसकिने होइन, सकिन्थ्यो । तर त्यसो गर्दा पार्टीनैं विभाजन हुने अबस्थाबाट अगाडि बढ्न सकिन्न,’ बरिष्ठ नेता माधव नेपालको भनाई उद्यृतगर्दे ती नेताले भने ।
नेपाल निकट मानिएका स्थायी समिति सदस्य गोकर्ण बिष्टले सहमतिका आधारमा अघि बढ्न र एकता जोगाउन गरिएको अधिकतम प्रयासका रुपमा बुझ्नुपर्ने बताए ।
उनले अगाडि भने, ‘पार्टीभित्र सहमतिका आधारमा अघि बढ्ने र एकता जोगाउन गरिएको अधिकतम प्रयत्नका रुपमा यसलाई लिनुपर्छ । पार्टी फुटाउन होइन, मजवुत एकताका लागि प्रयत्न गर्नुपर्छ ।’
यसैबीच पर्यटनमन्त्री योगेस भट्टराईले पार्टी दुर्घटना निकट देखिन्छ, जोगाउन सबैले प्रयत्न गर्न अपील गरेका छन् । उनले पार्टीमाथि आइपरेको संकटलाई सकारात्मक ढंगबाट समाधान गर्न र हर हालतमा पार्टी एकताको रक्षा गर्न सबै जिम्मेवारिताका साथ अगाडि बढ्न आग्रहसमेत गरेकाछन् ।

बिवादमा नेकपा बैठक ?
अध्यक्ष ओलीले स्थगित गर्दा गर्दै पनि बसेको बैठकलाई पार्टी स्थायी समिति बैठक मान्ने कि नमान्ने भन्ने विषयमा नेकपा भित्र विवाद बढेको छ । ओली पक्षले प्रचण्डको अध्यक्षमा बसेको बैठकलाई दाहाल–नेपाल खेमाको भेला भनेको छ । बैठकको निर्णय सुनाउँदै प्रवक्ता
नारायणकाजी श्रेष्ठले एक पक्षीय रुपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्देशन ‘विधिविपरीत र अनुचित’ निर्णय गरेको जानकारी दिए ।
यता ओली पक्षका भनिएका स्थायी समिति सदस्य सुवास नेम्वाङले अघिपछि खुमलटारमा हुने दाहाल नेपाल पक्षको भेला मंगलबार बालुवाटारमा भएको बताए । उनले भने, ‘त्यो खुमलटार भेला जस्तै हो। हिजोसम्म खुमलटारमा भेला हुन्थ्यो, त्यो भेला आज बालुवाटारमा सरेको मात्रै हो । त्यसलाई स्थायी कमिटीको बैठकका रुपमा उहाँहरुले अघि बढाउन सक्नुहुन्न ।’ मंगलबारको उपस्थितिलाई भेला मात्रै भन्ने कि बैठक भन्ने विषयमा उपस्थिति स्थायी कमिटी सदस्यहरुबीच नै विवाद भएको छ । नेता घनश्याम भुषालले उपस्थितिलाई ‘भेला’ भन्नु पर्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जनप्रियलाई जानकारी दिए । तर अष्टलक्ष्मी शाक्य, रघुजी पन्त र देवुराम भुषालले स्थायी समिति बैठकनै भन्नु पर्ने भन्दै आपत्ति जनाएका थिए । बालुवाटारमा बसेको हिजोको सचिवालय बैठकपछि नेकपाको बिवाद कायमै रहेपनि गणीतिय फेरवदलले नयाँ रुप लिएको छ । सन्देशजनप्रिय साप्ताहिकले समाचार लेखेको छ ।