नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले किन छोडे प्रचण्डको साथ ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य हरिवोल गजुरेलले संकटको अबस्थामा अहिले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका छन् । जनयुद्धका समयदेखीनैं अध्यक्ष प्रचण्डलाई अत्यन्त नजिकबाट सघाउँदै आएका गजुरेलले प्रचण्डलाई छोडेर अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको समाचारहरु बाहिर आएका बेला उनले आफ्नो सुझाव नमान्दा अहिले प्रचण्डलाई विश्वास गुमाएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष गत साता वालुवाटारमा एक्लै भेट गरेर आफु ओलीको पक्षमा रहेको विश्वास दिलाएका थिए । सोही साँझ उनले एक टेलिभिजन अन्र्तवार्तामा सरकार र पार्टीको नेतृत्वबाट ओलीले राजिनामा दिन आवश्यक नभएको टिप्पणी गरेका थिए ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली समक्ष नेता गजुरेलले अर्का अध्यक्ष प्रचण्डलाई आफुले जीवनभर सहयोग गरेपनि आफुले अध्यक्षबाट कुनै सहयोग नपाएको आफुले दिएको सुझाव नमानेका कारण उनी अहिले गलतबाटोमा पुगेको बताएका थिए । मैंले प्रचण्डलाई सँधै सहयोग मात्रै गरिरहें, तर मैंले केही पनि पाउन सकिनँ, स्रोतले अगाडि भन्यो । प्रधानमन्त्री ओली समक्ष झण्डै एक घण्टा लामो कुराकानी गरेर फर्किएपछि साँझ उनको टेलिभिजन अन्र्तवार्ता सुनेपछि गजुरेलले प्रचण्डलाई छोडेर ओलीको पक्षमा लागेको सनसनी फैलिएको थियो ।
गृहमन्त्री रामवहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, चन्द्रप्रसाद खनाल र मणि थापा लगायतको नेतृत्वमा आधा दर्जन नेताहरुले ओलीलाई साथ दिएका बेला गजुरेल एक्लै ओलीको पक्षमा अभिव्यक्ति दिएको र भेट गरेको थाहा पाएपछि भट्टले पटक पटक गजुरेललाई भेट्न फोन गरेका थिए, तर नेता गजुरेलले उनीहरुलाई भेट्न नचाहेको स्रोेतको भनाई छ ।
गजुरेलले एक रेडियो अन्र्तवार्ताका क्रममा वालुवाटारमा कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको स्थायी समिति बैठकलाई भेला मात्रै भएको टिप्पणी गरेकाछन् । अर्का अध्यक्ष र महासचिवनैं उपस्थित नभएको बेला त्यसलाई कसरी बैठक मान्न सकिन्छ, गजुरेलले भनेका छन् । जनयुद्ध लडेर आउनु भएको अध्यक्ष प्रचण्डमा अडाननैं रहेन । पन्ध्र सोह्र जना स्थायी समितिका साथीहरुका बीचमा बोलेका कुराहरुलाई छोडेर उहाँ १८० डिग्रिमा फर्कुनुभयो । प्रचण्ड यसरी किन युटर्न हुनुभयो, मैंले बुझ्न सकिरहेको छैन, गजुरेलले अन्र्तवार्ताका क्रममा भनेका छन् । उनी अगाडि भन्छन्ः अहिले प्रचण्डको कसको दबाबमा पर्नुभयो, उहाँको निर्णय गर्ने क्षमतामा हस आएको छ । प्रचण्डले मैंले दिएको सुझाव मानिदिएको भए अहिले पार्टीमा यो अबस्था आउनेनैं थिएन, मैंले दिएको सुझाव प्रधानमन्त्री ओलीलले पनि मान्नुहुन्थ्यो । अहिले पार्टी नयाँ छ, पुरानो शैशीबाट पार्टी चल्दैन । नेकपा भनेको नयाँ गाडी जस्तै हो, पुरानो डाइवरले नयाँ गाडी चलाउन सक्तैन भन्दै घुमाउरो तरिकाले पार्टी अध्यक्ष केपी ओलीनैंलाट हुन्, पुरानाले अब पार्टी चलाउन सक्तैनन भन्ने संकेत पनि गरेका छन् । उनले पार्टी एकता गरेर प्रचण्ड र ओलीले ऐतिहासिक र साहसिक काम गर्नुभएको छ, पार्टीलाई बदल्नु भयो तर उहाँहरु आफैंभने बदलिन सक्नुभएन, पुरानै शैली, पुरानैं संस्कारलाई छोडेर नयाँ पद्धति, आचर र व्यवहार अँगाल्न नसक्दा अहिले समस्या आइलागेको बताए । जेट हाक्ने भन्ने, एउटा जेटका २ वटा पाइलट पनि भन्ने अनि एउटाले हाक्न नसक्दा अर्को एक्लैले किन हाँक्न नपाउने ? गजुरेलले प्रश्न गरेका छन् ।