थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा १२ जना कोरोना संक्रमित भेटिए

microbiologist with a tube of blood analyzed under a microscope and contaminated by Coronavirus with label covid-19

मंगलबार थप ३१६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

मंगलबार काठमाडौं जिल्लामा मात्र १२ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस सम्मेलनमा बोल्दै काठमाडौं जिल्लामा १२ जना स‌ंक्रमित भेटिएको बताएका हुन् ।

यससँगै नेपालभर कोभिड–१९संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको छ।

कहाँ कति थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाजुरामा ४८ संक्रमित थपिएका छन् । यस्तै, महोत्तरीका २९ जना, अछामका २७ जना, सप्तरीका २५, दाङका २१, पाल्पाका १८, डोटीका १७, काठमाडौंका १२ र सिराहाका १० जना छन् ।

यस्तै, कास्कीका ९ जना, रुकुम पश्चिम र सर्लाहीका ८/८ जना, अर्घाखाँची र रौतहटका ७र७ जना, तनहुँका ६, कैलाली र झापाका ५/५ जना, स्याङ्जाका ४ जना, धनुषा, संखुवासभा, डडेलधुरा, दैलेख, बैतडी र

लमजुङका ३/३ जना, सल्यान, बाजुरा, उदयपुर, सुनसरी र सिन्धुपाल्चोकका २/२ छन् ।

ललितपुर, भक्तपुर, बाजुरा, गुल्मी, गोरखा, बाग्लुङ, अछाम, बैतडी, म्याग्दी र बाँकेका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।