पत्रकार पाल्पालीलाई बचाउन मृर्गौला दिने महामानवको खोजी गर्दै रेणुका

साहित्यकार तथा पत्रकार वी.के. पाल्पालीको लागि मृर्गौला प्रत्यारोपणमा सहयोग गर्न पाल्पालीकी श्रीमती तथा पत्रकार रेणुका भट्टराइले याचना गरेकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यस्तो याचना गरेकी हुन् ।

आदरणीय मित्रहरु नमस्कार,

यहाँहरुको केही कौतुहल्ताको अन्त्य गर्नु जरुरी मानेर यो कुरा शेयर गर्दैछु । मित्रहरु २०७० साल साउनको १२ गते १२ बजे बागवजारको नेपाल वोर्डर साप्ताहिकको अफिसमा पत्रिकाकै काम गरिरहेका अवस्थामा साहित्यकार तथा पत्रकार मेरा श्रीमान् वी.के पाल्पालीको दुबै मिर्गौला फेल भएको थियो ।

आर्थिक अवस्था अत्यन्तै नाजुक भएका कारण र नेपालमा मिर्गौलाको उपचार सम्भव नहुने देखेपछि नेपाल पत्रकार महासँघ काठमाडौं शाखाले पहिलो विज्ञप्ती जारी गरी पत्रकार वी.के पाल्पाली बचाउँन आह्रन गरेको थियो । जसअनुरुप नेपालको उपचार असफल भए पछि २०७० मंसिरमा उहाँको थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पताल लगे । जीवनको अन्तिम स्वास फेरि रहनु भएको उहाँको अवस्थालाई हेरेर कसैले बाँच्ने अवस्थाको कल्पना समेत गर्नु भएको थिएन । पहिलो चरणमा अभियानवाट उठेको केहि रकम सहित मेदान्त अस्पताल मैले एक्लै लगेता पनि उहाँको गम्भिर स्वास्थ्यका कारण शकुसल नेपाल फर्काउने नसक्ने अवस्थामा म एक्लै विदेशी भूमिमा अत्तालिएर रोएकी थिएँ । तथापी साथीभाईहरुको साथ, हरपलको हिम्मतले मैल धैर्यता गुमाइन तर पनि आर्थिक अभावकै कारण उपचारलाई विचैमा छोडेर नेपाल ल्याउन विवश भए ।

त्यहाँको चिकित्सक मनिस जैनले उहाँको दुवै र्मिगौलाले काम गर्न छोडेकाले यथाशिघ्र र्मिगौला फेर्नु पर्ने सुझाए र त्यसका लागि २० देखि २५ लाख रुपैयाँ लाग्ने समेत बताए । ममा झनै अन्यौलताले बास गर्यो । त्यसपछि नेपाल फर्किएर सबै कुरा सार्वजनिक गदै आफैले र्मिगौला दिन तयार भई आर्थिक सहयोगका लागि अपिल गरेँ । मलाई सम्पूर्ण आमजनता, पत्रकार महासंघ, साहित्यिक संघसंस्था लगायत नेपाल सरकारबाट पनि ५ लाख रुपैयाँ उपलब्ध गराएर वी.के पाल्पाली बाच्नु पर्छ भन्दै असाध्यै स्नेह, सम्मानका साथ, देशविदेश रहनु भएका नेपाली दाजु भाइ तथा दिदी वहिनी सबैले सहयोग गरी आवश्यक रकम संकलन भयो । त्यसपछि म मेरो र्मिगौला दिन्छु भन्दै मेदान्त अस्पताल लिएर गएँ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएकाले अवको तयारी मेरो स्वास्थ्य परिक्षणबाट गर्नु थियो । त्यसैले मेदान्त अत्यन्तै महंगो अस्पतालमा मेरो परिक्षण नगरि नेपालमा नै गर्ने निर्णय गरी सम्पूर्ण शरीरको जाँच गरे ।

उहाँको र मेरो रक्त समुह एउटै भएकाले अरु समस्या नआउँने आँकलन गर्दै नयाँ जीवन दिन अत्यन्तै उत्साहित थिएँ । मेट्रो पोलिक्लिनिक थापाथलीमा गएर जचाएँ । डा. ज्याति भट्टराईलाई सिभिल अस्पतालको ल्याव टेष्टको रिपोर्ट देखाउँदा २०७० चैत्र २७ गतेको रिपोर्टले मलाई सुगरको रोगी भनेर प्रमाणित गर्यो । सायद जीवनकै असाध्यै पीडा भएको दिन थियो । कि दुबै र्मिगौला फेल सुन्दाको दिन भन्दा पनि दोब्वर पीडा अताल्लिए जसका कारण १५ दिनसम्म म कतै पनि ननिस्किएर रोएर बसे भने विरामीको अवस्था कस्तो भयो होला ? कल्पना गर्न समेत सकिदैन ।

रिपोर्ट हेरेर असंभव भन्दै फाइल फ्यालेको हिजो जस्तो लाग्छ । उहाँको उपचार ३ /३ महिनामा मेदान्त अस्पतालमा लगेर गराई रहेको कुरा सामाजिक संजालमा सार्वजनिक गरिरहेकै थिए । मित्रहरु, यहाँहरुलाई निराशा दिन मन लागेन र औषधीवाटै निको गराउने प्रयासमा लागेँ । चिकित्सकको सल्लाह अनुरुप अत्यन्तै महंगो औषधी चलाएर उहाँको र्मिगौलालाई क्रियासिल गराउदै आएँ । त्यस विचमा आफन्तलाई पनि र्मिगौला दिन अनुनय विनय सम्पूर्ण गरेँ तर कोहि पनि तयार नभए पछिको मेरो अरु कुनै विकल्प थिएन । यहाँहरुले दिनु भएको जिम्मेवारीलाई इमानदारीता पूर्वक निर्वाह गर्दे आएँ । श्रीमानको उपचारमा तल्लिन हुदाँ १० वर्षकी अवोध बालिका छोरीलाई छोडे जसका कारण आज छोरीकै र्मिगौला निकालेरै भएपनि उहाँलाई अझै जीवन दिउँ भन्दै थिए । तर यहाँ पनि भाग्यले फेरि प्रहारै गर्यो । र छोरी डिप्रेसनको शिकार भईन ।

वर्षको ३ /४ पटक मेदान्त उपचारमा जादा अत्यन्तै खर्च हुन्थ्यो तथापी पनि मैले केहि भनिन् । यति सम्म कि ६ महिने दुधे बालकलाई छोडेर उहाँलाई निरन्तर दिल्ली लगिरहेँ । एउटी आमाको अवस्था कस्तो थियो होला ? कल्पना समेत गर्न गाह्रो पर्छ । २०७३ साल चैत्रमा पूर्णंरुपमा र्मिगौलाले काम गर्न छोडेपछि डायलाइसिस नै जीवन लम्व्याउने अन्तिम आधर बन्यो । नेपालमा नै उपचार र डायलाइसिस गर्न थालिएको छ । अर्को कुरा पहिलो चरणको नेपालको उपचार असफल भए पछि आत्तिदै दिल्लीको मेदान्त पुर्याउँदा पुर्याउँदै पनि मान्छे त जोगाइयो तर दुबै खुट्टा नचल्ने नियति स्वीकार्नु पर्यो । हिप बोन समेत खराव भएका कारण सामन्य हिड्डुल समेत गर्न नसक्ने अवस्थामा हुनुहुन्छ ।

हिम्मत हारिन ह्चियरमै लिएर हिड्छु भन्दै र्मिगौला नै जोगाउन लागेँ । हाम्रो जीवनलाई सामन्यता तिर लैजान खोज्दै २०७१ सालमा विरामी अवस्थामा नै लेख्नु भएको महाकाव्य धरणीको प्रकाशनको संयोजन गरिदिए । अहिले आएर सम्पूर्ण मेरा प्रयासहरु असफल भए पैसा पनि सकियो । र्मिगौला दिने कुनै आफन्तहरु नआएपछि आज सार्वजनिक रुपमै उहाँलाई बचाँउन आहन गर्दछु । वी.के. पाल्पालीलाई नयाँ जीवन दिन र छोरा छोरीको मुख हेरिदिन समेत अनुनय विनय गर्दछु । अझै देशका लागि सशक्त सिर्जना गर्ने देशको गहनालाई जोगाउँन । कोहि आउनुहोस् र्मिगौला दिने महामानव ।

जजस्ले आजका दिनसम्म मलाई सहयोग सद्भाव दिदै हौसला प्रदान गर्नु भएको छ । सम्पूर्ण मित्र प्रतिनतमस्तक छु । उहाँको जीवन रक्षाकालागि गर्नु भएको अतुलनिय सम्मान प्रति सवैमा ऋणी रहने छु । यहाँहरुको सहयोग प्रति कृतज्ञ छु । साथै अज्ञानता वस मबाट हुनगएको भूलचुक तथा गल्ती कम्जोरी प्रति क्षमा याचना गर्दछु ।

रेणुका भट्टराई