सिन्धुलीः सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीका संस्थापक अध्यक्ष डम्बर बहादुर खड्काको हिजो राती भएको निधनको बिबरणले संस्था स्तब्ध भएको जनाएको छ ।
अध्यक्ष घनश्याम देवकोटाले आज एक शोक बक्तव्य जारीगर्दै फागुन २१ गते ८३ वर्षको उमेरमा भएको निधनले सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था कार्य क्षेत्र कमलामाइ नगरपालीका वडा न ४,५,६ र ७ सिन्धुली परिवार स्तब्ध भएको बताए ।
संस्थाले आज कार्यालयमा एक श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । दुखको घडिमा सोकाकुल सम्पूर्ण परिवार जनप्रति हार्दिक सम्वेदना व्यक्त गर्दैे यस संस्थामा रहँदा उनले पुर्याएको योगदानको उच्च सम्मान र स्मरण गर्दै भोली शुक्रवार सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको कार्यालय वन्द शोक मनाउँदै कुनै कामकाज नगर्ने अध्यक्ष देवकोटाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसैबीच डम्बर बहादुर खड्काको निधनप्रति नेकपा एमाले सिन्धुलीका इन्चार्ज एवम् केन्द्रीय सदस्य मनोजजंग थापाले सामाजिक सञ्जाल मार्फत गहिरो दुःख व्यक्तगर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकाछन् ।
