सिन्धुली: नेकपा एमाले कमलामाई नगर कमिटीले आज राजनैतिक प्रशीक्षण सञ्चालन गरेको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् स्कूल विभाग सदस्य ईश्वरी रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कमलामाई नगर कमिटीका सदस्यहरूको सहभागिता रहेको अध्यक्ष सुन्दर घिसिङले जानकारी दिनुभयो ।
सिन्धुली: नेकपा एमालेका पोलिटब्युरो सदस्य ईश्वरी रिजालले विचार सामाजिक शक्ति भएको बताएका छन् । नेकपा एमाले कमलामाई नगर कमिटीले तीन महिने अभियान अन्तरगत बिहिवार सिन्धुलीमाढीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै रिजालले विचारले नबाँधिएका मानिसमा विचलन आउने बताए विचारलाई सामाजिक शक्तिको रूपमा परिणत गराउन सक्यौँ भने हामीलाई कसैले पराजित गर्न सक्दैन, विचार ठुलो शक्ति हो’, रिमालले भने ।
हेराइको तरिका नबदलिँदासम्म सोचाइ नबदलिने उनले बताए । सोचाइ नबदलेसम्म व्यवहार परिवर्तन गर्न नसकिने उनले स्पष्ट पारे ।
नेपाली समाज बदल्नको लागि सबैभन्दा पहिला नेपाली समाजलाई बुझ्नु पर्नेमा उनले जोड दिए। प्रतिक्रियावादीले समाजलाई बुझ्नै अवसर नै नदिएको कारण समाज बदल्ने काममा जटिलता भएको बताए । समाज बदल्नको लागि समाजको विचार र चेतना बदल्नु पर्नेमा रिजालले जोड दिए ।
समाजमा रहेको विकृति र विसङ्गतिका विरुद्ध सम्झौता होइन सङ्घर्ष जरुरी रहेको रिजालले बताए । राजनीतिक दलका नेता यस्ता कुरामा अघि लाग्नु पर्ने उनले जिकिर गरे । यथास्थितिमा बसेर समाज परिवर्तन सम्भव नभएको रिजालले बताए । त्यसको अगुवाइ नेकपा एमालेका नेता कार्यकर्ताले गर्नुपर्नेमा उनले जोड दिए ।
नेकपा एमालेको परिकल्पना समृद्ध नेपाल सुखी नेपाली रहेको उनले स्पष्ट पारेका थिए । वर्तमान सत्ता गठबन्धनको लक्ष भने विपन्न नेपाल दुःखी नेपाली भएको उनले बताए । अहिले एमालेलाई कमजोर बनाउन नेतृत्व माथी नै साईबर आक्रमण गरेका छन् पार्टी कार्यकर्ताहरूलाई प्रतिवाद गर्न निर्देशन दिए ।
कमलामाई नगरकमिटी अध्यक्ष सुन्दर घिसिङको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमा केन्द्रीय सदस्य उमा कोइराला एमाले बागमती प्रदेश कमिटी सदस्यहरु,विनोद खड्का, मन्जु देवकोटा, रस्मिला देवकोटा, जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठ, उपसचिव पार्वती भट्टराई लगायत नगरकमिटीका सदस्यहरु,वडाकमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको अध्यक्ष घिसिङले बताएका छन् । कार्यक्रमको सञ्चालन नगर सचिव कैलाश ढुंगेलले गर्नु भएको थियो ।
