पाल्पाको एक स्थानीय तहका वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका ७ का वडा अध्यक्ष देवेन्द्र पुन तीन लाख घुस सहित रंगेहात प्रक्राउ परेका हुन् ।
शनिबार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले रंगेहात प्रक्राउ गरेको हो । सैनामैना नगरपालिका १० सालझण्डीबाट उनलाई प्रक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
‘वडा अध्यक्षलाई अहिले अख्तियार बुटवल कार्यालयमा राखेका छौ’,भुसालले भने,‘थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालयमा पठाइने तयारी भइरहेको छ ।’
काठ लिलामको सहजीकरण गर्ने विषयमा वडाअध्यक्ष रंगेहात प्रक्राउ परेका हुन् ।











