
विदेशमा रहेका नेपालीहरुलाई सरकारले उद्धार खुला गरेसँगै जापान पुगेको नेपाल एयरलाइन्सले ७ जना नेपाली लिएर आएको छ। शुक्रबार साँझ जापानको नारिताबाट फर्किएको विमानमा ७ जना नेपाली रहेको स्रोतले जानकारी दिए।
नेपाल एयरलाइन्सले नेपालबाट बिहीबार जापानी नागरिकसहितलाई लिएर नारिता गएको थियो। यसैबीच एयर अरेबियाले शुक्रबार यूएईबाट एक सय ६८ नेपाली र एउटा शव लिएर आएको छ। म्यानमारबाट बिहान दुई वटा सैनिक जहाजले २६ नेपाली लिएर आएका थिए।