कोरोना संक्रमणका बेला पनि हामीले विकासका ९५ प्रतिशत काम गरेका छौं: पुर्णबहादुर खड्का

कमलामाई नगरपालिका वडा नं. ५ का अध्यक्ष पूर्ण वहादुर खड्का । फोटोः प्रदेशखबर

कमलामाई नगरपालिका वडा नम्बर ५ स्वभाविकै रुपमा सबैको नजरमा पर्ने वडाभित्रै पर्छ । किनभने मुख्य सदरमुकामसँगै जोडिएको वडा भएकाले यो वडाले गर्ने गतिविधिमा धेरैको ध्यान पुग्नु स्वाभाविकै छ । चालु आर्थिक बर्ष २०७६।०७७ मा २० ओटा योजनाका लागि ९५ लाख रुपैया बजेट कमलामाई नगरपालिकाले वडा नम्बर ५ का लागि विनियोजन गरेको थियो ।
नगरपालिकाले वडालाई योजनाका लागि बजेट दिनेवित्तिकै हामीले एउटा निर्णय गरेका थियौ योजनाहरु सबै फागुन मसान्तसम्म सक्ने लक्ष्य राख्ने निर्णय भएको थियो । राज्यको नियमअनुसार असारमसान्तसम्म सम्पुर्ण योजना सकेर भुक्तानी लिनुपर्ने हुन्छ । तर जेठ असारमा मात्रै हतारमै विकास गर्दा परिपक्व विकास हुन नसक्ने भएकाले हामीले फागुन मसान्तसम्म योजनाको काम सम्पन्न गरिसक्ने गरि दिनरात लागि परेका थियौ । २०७६ साल भदौ १४ देखिनै हामी हाम्रा योजनाका काम अगाडी बढाउन लागि प¥यौ । सोही बर्षको असोज र कात्र्तिक सम्ममा उपभोक्ता समिति बनाई मंसिर पहिलो साताबाटै सबै उपभोक्ता समितिलाई काम सुरु गर्न निर्देशन दिए । सँगै मैलेपनि कुन उपभोक्ता समितिले के गर्दैछ भन्ने दैनिक निगरानी गरे । त्यसैको परिणाम फागुन मसान्तसम्म हामीले हाम्रो वडामा आएका योजनाहरु नगरपालिकाबाट र प्रदेशबाट आएको योजनाको ९५ प्रतिशत काम सम्पन्न गर्न सफल भयौ ।
हाल विश्वभर फैलिएको कोरोना भाइरसले नेपाल पुर्ण रुपमा लक डाउनमा छ, त्यसको प्रभाव कमलामाई नगरपालिकामा पनि छ तर वडानम्बर पाचमा लक डाउनका कारण कुनैपनि विकास निर्माण रोकिएको छैन हाम्रो विकास निर्माणका सम्पुर्ण योजनाको काम भइ सतप्रतिशतनै खर्च भइसकेको छ । प्रदेश सरकारले राजपानीको बाटो स्तरउन्नती गर्न १० लाख,सिलामे स्कुलको पहिरो नियन्त्रणका लागि १० लाख र सिलामेकै बाटो स्तरउन्नती गर्न १० लाख पठाएको थियो । यो सबै योजनाहरुको काम भएको छ । म वडाअध्यक्ष स्वयम् कर्मचारी जत्तिकै वडामा खटेको छु । दैनिक वडामै बसेको छु । जनताले अध्यक्ष नभेटेकै कारण काम गर्न नसकेर फर्कनु नपरोस भन्ने मेरो मुल मान्यता छ । हामीले वडाको विकास निर्माण र जनतालाई सहज गर्नका लागि शनिबार समेत कार्यालय खोलिदिएर सेवा दिएका छौ । कोभिड १९ का कारण अन्य क्षेत्रमा प्रभाव परेपनि हाम्रो वडाको विकास निर्माणमा कुनै असर परेको छैन । किनभने हामीले फागुन मसान्तसम्मनै विकास निर्माणका काम सक्ने लक्ष्य लिएर सोही अनुसार काम गरेका हौ । नगरपालिकाले हालै केहि बजेट पठाएको छ त्यसको बजेट र अख्तियारीनै हामीलाई ढिलो प्राप्त भएकाले केहि काम हुदै छ सुरुवातमै भएका योजनाका सम्पुर्ण काम गरिसकेका छौ । काम नभएको कारण हाम्रो वडाको बजेट फिर्ता हुदैन । कोरोनाको कारण व्यापार व्यवसाय, किसानका उत्पादनले बजार नपाएको जस्ता समस्या त छन् नै तर विकास निर्माणका काम हामीले लक डाउन अगावै सकेको हुँदा कोरोनाको प्रभावले विकास निर्माणमा कुनै प्रभाव छैन । सेवाग्राहीलाई मर्का नपरोस् भन्नका लागि हामीले बिदाको दिनमा समेत कार्यालय खोलेका छौ, दुरी कायम गरेर सेवाग्राहीको प्रशासनिक काम बाहेक अन्य गुनासो सुन्ने र त्यसको समाधान खोज्ने गरेका छौ ।
म हाम्रा वडामा भएका विकास निर्माणका काममा प्रचारबाजी खासै गर्दिन, नगरपालिका भित्रका भित्रि सडक कुनै पनि वडामा कालोपत्रे नहुँदा मेरो वडामा ६ किलोमिटर सडक कालोपत्रे गर्ने काम भएको छ, यो मेरो प्रयासको सफलता हो । लक डाउन भएको लामो समय भइसक्यो । वडामा कुनैपनि परिवार भोको बस्नुनपरोस् भनेर हामीले गुनासोको सुनुवाइ गर्न गुनासो सुन्ने व्यवस्था समेत मिलाएका छौ । पहिलो चरणमा १ सय ३३ जना र दोस्रो चरणमा ७ सय ४३ जनालाई हामीले राहत वितरण गरेका छौ । मैले यस वडामा दैनिक श्रम नगरी चुल्हो बलेन भनेर गुनासो गर्नेहरुका लागि सर्वपक्षिय सर्वदलिय सहमती अनुसार राहत दिने व्यवस्था मिलाएको छु । राहत वितरणमा यस वडामा कुनै विवाद र गुनासो आउन दिएको छैन । लक डाउन थपिदै जाँदा मध्यम स्तरले पनि हाल राहतको आश गर्न थालेका छन्, त्यो स्वभाविक पनि देखिन्छ । किनकी लक डाउन भएको लामो समय भएकाले घरमा खाने खाद्यन्न सकिदै गएको हुनसक्छ । अति विपन्न, मजदुर ज्यालादारीमा पेट पाल्नेलाई पहिलो प्राथमिकतामा राहत दिने व्यवस्था मिलाएको हुँ । (साभारः कमलामाई फिचर सेवाका लागि अनिल भण्डारीले गरेको कुराकानीमा आधारित)