मकवानपुरः नेकपा एमाले मकवानपुरको छैठौं पूर्ण बैठक तथा जारी जरा केन्द्रीत अभियानको आवधिक समिक्षा सम्पन्न भएको छ । एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको अध्यक्षता एवम् पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको बैठकले मकवानपुर एमालेले अगाडि बढाएको जरा केन्द्रीत अभियान अर्न्तगत पुराना जगाउँ र नयाँ बढाऊँ अभियानलाई व्यवस्थित रुपमा तल्लो तहसम्म लैजाने विषयमा गंभीर छलफल भएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा आफ्नो मन्तव्य राख्दै उपाध्यक्ष पोखरेलले पार्टीका विरुद्ध चौतर्फी आक्रमण भइरहेका बेला त्यसको प्रतिरोध गर्नेगरी अभियान सञ्चालन गर्न सुझाब दिनुभयो । एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले मकवानपुर एमालेले अभियानलाई जनस्तरसम्म व्यबस्थित ढंगले लैजान र पार्टीलाई सबैको आकर्षणको रुपमा स्थापित गर्न सुझाउनुभयो ।
बैठकलाई अतिथिका रुपमा सम्बोधनगर्दै प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले अहिले पार्टी अध्यक्ष केपी शर्मा ओली र सिंगो पार्टीका विरुद्ध भएका आक्रमणहरुलाई चिर्न जिल्ला तहबाट विषेश योजना बनाएर कार्यान्वयनमा लैजान सुझाब दिनुभयो ।
बैठकमा एमाले मकवानपुरका इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य केदार न्यौवाने लगायतले आ आफ्नो धारणा राख्नुभएको एमाले अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँले जरा केन्द्रीत अभियानमा भएका कमी कमजोरी र पार्टी विरुद्ध लक्षित आक्रमणको प्रतिरोध गर्ने विषयमा महत्वपूर्ण तलफल भएको बताउनुभयो ।