विश्भर कोरोना भाइरस कोभिड–१९को भ्याक्सिन बनाउन सक्रिय समूह मध्ये चिनियाँ टोली अग्रस्थानमा रहेको देखिएको छ । चीनको टोलीले विकास गर्न लागेको यो भ्याक्सिन यो वर्षको अन्त्यसम्म सक्दो छिट्टो बजारमा आउन सक्ने देखिएको छ ।
चीनको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोगको औपचारिक वीच्याट अकाउन्टमा यस्तो जानकारी दिइएको छ ।
यो भ्याक्सिन बेइजिङ इन्स्टिच्युट अफ बायोलजिकल प्रडक्ट्स र चाइना नेशनल बायोटेक ग्रुप कम्पनी संयुक्तरूपमा बनाउन लागेको हो । यो भ्याक्सिनको परीक्षणको तेस्रो चरण पूरा भएको छ ।
यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको शुरूमा यो भ्याक्सिन बजारमा आउन सक्ने जनाइएको छ ।
यो भ्याक्सिन उत्पादन वर्षेनी १० करोड देखि १२ करोडसम्म गर्न सकिने जनाइएको छ ।विश्वमा करिब १०० भन्दा बढी भ्याक्सिनहरू यो भाइरसको रोकथाम र उपचारका लागि विकास गरिएको छ । भ्याक्सिनको मानिसमा क्लिनिकल ट्रायलको परीक्षणमा यो टोलीका वैज्ञानिकहरूले अग्रता कायम गरेका हुन् ।
चिनियाँ कम्पनीहरूले पाँच भ्याक्सिनको विकास गरी मानिसमा परीक्षण गरिरहेका छन् ।यो टोलीले चौबीसै घन्टा काम गरिरहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भ्याक्सिनको सफलता प्राप्त भए यसलाई विश्वव्यापीरूपमा साझा गरिने प्रतिबद्धता व्यक्त गरेकाछन् ।