कोरोना संक्रमाले थलिन पुगेको पाकिस्तानको अर्थ व्यवस्थालाई चलायमान बनाउन भन्दै पाकिस्तानले शुक्रबार रातिदेखि अन्तराष्ट्रिय उडान सुरू गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय उडान सुरू गर्ने पाकिस्तानले जनाएको थियो। शुक्रबारबाट उसले चाटर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको पाकिस्तानका संचारमाध्यमहरूले जनाएका छन्।
उनीहरूका अनुसार नियमित उडानहरू भने शनिबारबाट सुरू हुनेछन्।
सरकारले कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि नियमित गतिविधिमा लगाएको रोकलाई खुकुलो पार्ने निर्णयसँगै अन्तराष्ट्रिय उडानलाई पुनः सुरू गर्न लागिएको छ, पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार जारी सूचनामा भनिएको थियो।
प्राधिकरणले घरेलु उडानलाई भने विभिन्न चरणमा गरी यस पहिले नै सुरू गरिसकेको छ।
संघीय सरकारको निर्णय अनुसार पाकिस्तानबाट हुने अन्तराष्ट्रिय उडानहरू शुक्रबार राति २३:५९ पछि सुरू भइसकेका छन्।
‘ग्वादर र तुर्वत विमानस्थलबाहेकका पाकिस्तानका सबै अन्तराष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरू सञ्चालनका अनुमति दिइएको छ,’ सूचनामा भनिएको थियो।
सरकारले पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको छ।