निजी अस्पताललाई आरडीटी परीक्षणको बाटो खुला

रकारले निजी तथा सामुदायिक अस्पताललाई कोरोनाभाइरस सङ्क्रमणको आरडीटी विधिबाट परीक्षण गर्न अनुमति दिने निर्णय गरेसँगै सर्वसाधारणले आफूखुसी परीक्षण गराउन सक्ने भएका छन्।

हालसम्म सरकारी निकायले आवश्यक ठहर गरेका व्यक्तिको मात्रै नि:शुल्क कोभिड-१९ को परीक्षण गरिने व्यवस्था थियो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तरिम निर्देशिका जारी गरेसँगै निजी तथा सामुदायिक अस्पतालमा गएर आरडीटी परीक्षण गर्नका लागि बाटो खुलेको हो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भन्छन्, “अस्पतालहरूले सरकारसँग अनुमति लिएर परीक्षण गर्न सक्छन्।”

“त्यसका लागि उपत्यका भित्रका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका हकमा सम्बन्धित प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयबाट अनुमति लिनुपर्ने छ।”

सरकारको पछिल्लो कदमले परीक्षणको दायरा बढाउन सहयोग गर्दै मुलुकलाई लकडाउनको अवस्थाबाट बाहिर निकाल्न सहयोग गर्ने भन्दै एशोसियसन अफ प्राइभेट हेल्थ इन्सिटच्यूसन अफ नेपाल (अफिन)ले उक्त निर्णयको स्वागत गरेको छ।

निर्देशिका