नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुग्‍यो, थप १८ जनामा कोरोना पुष्टि

कोरोना परिक्षण ल्याव, नेपालगञ्ज , फोटोः प्रदेशखवर

पालमा कोरोना भाइरसबाट थप १८ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिार्फत जनाएको छ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७५ पुगेको छ।

सोवार राति थपिएको पुष्टि गरिएकाहरूमा धनुषा निवासी दुईजना पुरुष; खोटाङका एक पुरुष; बाँके नरैनापुरका १२ पुरुष; दैलेखका एक पुरुष; सुनसरीका एक पुरुष र झापा निवासी एक पुरुष रहेका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्।