सिन्धुलीः नेपाली कांग्रेसले सिन्धुलीको दुबै निर्वाचन क्षेत्रबाट उमेदवारी दर्ता गर्दैछ ।
कांग्रेस उपसभापति दिपक घिमिरेका अनुसार नेपाली कांग्रेसले दिउँसो ३ बजे क्षेत्र नं. १ मा पार्टीका बरिष्ठ नेता उज्वल बराल र क्षेत्र नं. २ मा निवर्तमान माननीय शुशलिा थिङले उमेदवारी मनोनयन गर्ने कार्यक्रम तय भएको छ ।
मध्यान्ह १२ बजे पार्टी कार्यालयमा उपस्थित हुन कांग्रेस सिन्धुलीले सम्पूर्ण कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । र्याली सहित पुगेर मनोनय दर्ता हुने घिमिरेले प्रदेशखबरलाई जानकारी दिए ।










