सिन्धुली: नेकपा एमालेका तर्फबाट सिन्धुलीका २ वटै निर्वाचन क्षेत्रबाट उमदेवारी दर्ता गर्ने तयारी गरिएको छ ।
सिन्धुली क्षेत्र नं. १ मा प्रदीप कटुवाल र क्षेत्र नं. २ मा मनोजजंग थापाले आज दिउँसो २ बजे मनोनयन दर्ताको समय तय भएको मूख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जानकारी दिएको छ । नेकपा एमालेले मातहत कमिटीलाई उमेदवारी मनोनयन कार्यक्रममा उपस्थित हुन सुचना जारी गरेको प्रचार तथा प्रकाशन बिभाग प्रमुख कर्ण घिसिङ जानकारी दिए ।
आज दिउँसो पार्टी कार्यालयबाट र्यालीसहित उमेदवारहरु निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्ने कार्यक्रम तय भएको हो । एमालेका घोषित उमेदवारहरु कटुवाल र थापा दुई दिन अगाडिबाटै स्थानीय समुदायसँग भेटघाटमा व्यस्त रहेका छन् ।










