सिन्धुली: नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले आज मध्यान्ह सिन्धुली क्षेत्र नं. २ मा स्वतन्त्र उमेदवारी दर्ता गराउँदैछन् । नेपाली कांग्रेसका नब निर्वार्चित पार्टी सभापति गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी होइन भने पनि आफ्नै आश्वासन बिपरित वाइवालाई टिकट नदिएपछि हिजो राती पार्टी परित्याग गरेको घोषणा गरेका उनले आज मध्यान्ह र्यालीसहित उमेदवारी दर्ता गराउँदैछन् । उनका समर्थकहरुले सिन्धुली सदरमुकाममा भेला भएर त्यागी र इमान्दार नेतालाई स्वतन्त्र उमेदवारी गर्दा गराउन जाऔं भन्दै सूचना जारी गरेका छन् ।
वाइवाले प्रदेशखबरसँग कुरागर्दै आफूले दास र लासहरु प्रति बिद्रोह गरेको बताए ।










