सिन्धुली १ बराल र २ मा शुशीलालाई टिकट

नेपाली कांग्रेसले सिन्धुली क्षेत्र नम्बर १ बाट उज्ज्वल बराललाई उम्मेदवार बनाउने भएको छ नेपाली कांग्रेसको आज बसेको संसदीय बोर्ड बैठकले उज्ज्वल बरालको नाम स्वीकृत गर्दै टिकट दिने निर्णय गरेको हो । यसअघि दुईपटक निर्वाचनमा पराजित भएका बरालसँगै यो क्षेत्रमा विघटित प्रतिनिधिसभाका सदस्य तथा कांग्रेस मुख्यसचेतक श्याम घिमिरे उमेदवार नबन्ने भएपछि बराललाई टिकट दिइएको थाहा लागेको छ । शेरबहादुर देउवानिकट घिमिरेले भने यसपटक टिकट पाउन सकेनन् । ‘मैले टिकट पाएको छु । अब भोलि मनोनयन दर्ता गर्छौं,’ बरालले प्रदेशखबरसँग भने । नेता बराल सिन्धुली कांग्रेसका लोकप्रिय र इमान्दार नेताका रुपमा चिनिन्छन् । यता २ नम्बर क्षेत्रमा भने शुशीला थिंगलाई उमेदवार बनाएको छ । दुई दिन अधि आफू उमेदवार नबन्ने घोषणा गरेकी उनलाई सामाजिक सञ्जालमा लेखेको स्टाटस हटाउन लगाएर टिकट थमाएर पठाइएको हो । थिंग देउवा निकट नेतृ हुन् । सिन्धुलीमा गगन थापा विरोधी क्याम्पको नेतृत्व गरेकी शुशिला यस अगाडि समानुपातिक सासद र नेपाली कांग्रेसको सचेतक थिइन् ।