टिकट बितरणमा असन्तुष्टि जनाउँदै सिन्धुलीका कांग्रेस नेता खड्गवहादुर वाइवाले पार्टी छोडे

नेपाली कांग्रेसका नेता खड्गवहादुर वाइवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी सभापति गगन थापाले तपाईलाई उमेदवार बनाउँछौं भन्दै आश्वासन दिएर चुनाबै नलड्ने घोषणा गरेकी पूर्व सांसद शुशिला थिंगलाई टिकट दिएपछि वाइवाले एक भिडियो सन्देश जारीगर्दै नोपली कांग्रेस परित्याग गरेको घोषणा गरेका हुन् ।
पूर्व सांसद थिंगले दुई दिन अगाडि अहिलेको बदलिंदो राजनैतिक अबस्थामा आफूलाई सिन्धुली क्षेत्र नंं २ को उमेदवार का लागि शिफारिश गर्ने पार्टी कमिटी र नेताहरुलाई धन्यवाद दिंदै निर्वाचन नलड्ने घोषणा गरेकी थिइन् । उनको घोषणासँगै पार्टी केन्द्रले वाइवालाई उमेदवार बनाउने भन्दै काठमाडौ बोलाइएको थियो । सिन्धुलीमा गगनको पक्षमा पहिलादेखीनैं उभिएका वाइवाले भोली हुने उमेदवारी मनोनयनमा स्वतन्त्र रुपमा उमेदवारी दर्ता गर्न सक्ने निकटस्थहरुले बताएका छन् ।