
काठमाडौ: नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच १२ गते गर्ने भनिएको एकीकरण तुहिनेएको छ । सन्देश जनप्रियलाई प्राप्त बिबरण अनुसार दुई दलबीच एकता भएपनि माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र अर्का प्रभावशाली नेता जनार्दन शर्मासहितको ठूलो समूह अलग रहने र समाजवादीमा झलनाथ खनाल सहितका नेता माओवादीमा मिसिनैं नचाहेपछि तत्कालै गर्ने भनिएको एकता प्रक्रिया तुहिने अबस्थामा पुगेको बताइन्छ ।
प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पार्टी एकीकरण गरी नयाँ दलको नाम “नेकपा समाजवादी केन्द्र” राख्ने तयारी गरेको थियो ।
पछिल्लो पटक २०७९ मा फुटको नयाँ शृङ्खलाबाट थिलथिलो बनेको वाम राजनीति फेरि एकपटक पुनर्गठनको दिशामा अघि बढ्ने संकेत देखिएको छ । कार्तिक अन्तिम सातासम्म नेपालका वामपन्थीहरुको नयाँ दुई दल दर्ता हुने तयारी भइरहेको छ ।
तीमध्ये माओवादी केन्द्रका अनुसार दल दर्ताका लागि आवश्यक कागजातको तयारी भइरहेको छ । यो प्रक्रिया कार्तिक २० गते बिहिबार वा २१ गते शुक्रबारसम्म पूरा गर्ने लक्ष्य राखिए पनि एकता प्रक्रियामैं दरार उत्पन्न भएपछि थप संकट उत्पन्न भएको बताइन्छ ।
माओवादीभित्र लामो समयदेखि प्रचण्ड र वर्षमान पुनबीचको आन्तरिक शक्ति–सन्तुलनका कारण नारायणकाजी र प्रभाकर असहज स्थितिमा पुगेको जिल्ला तहकै कार्यकर्ताहरुबाट सुनिन थालेको छ । पार्टीभित्र वर्षमानलाई प्रचण्डको ‘उत्तराधिकारी’ बनाउने योजनासँगै श्रेष्ठ र शर्मा टाढिएको कतिपयको विश्लेषण छ । सन्देश जनप्रियले लेखेको छ ।









