२१ औं विशाल स्मृति दिवश सम्पन्न

सिन्धुली: नेकपा एमाले सिन्धुलीले आज २१ औं विशाल स्मृति दिवश मनाएको छ । पार्टी कार्यालय सिन्धुलीमा आज आयोजित एक कार्यक्रमका बीच शेरमन कुँबर (विशाल) र मोहन चन्द्र गौतम (कुमार) को २१ औं स्मृति दिवश मनाएको छ ।
२०६१ भदौ २० गते सिरहाको धन्छवारमा तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर हत्या गरेको संझनामा एमालेले आज श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमलाई सम्वोधनगर्दै एमाले जिल्ला सचिव नवराज थिङले सिन्धुलीको बामपन्थी आन्दोलनमा शेरमान कुँबर र मोहनचन्द्र गौतमले पुर्‍याएको योगदानको चर्चागर्दै उनीहरुको सादा जीवन अन्य कमरेडहरुले अनुशरण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा एसबी राईसमेतको भूमिका महत्वपूर्ण रहेको चर्चागर्दै उहाँले बिचार र सिद्धान्तको जगमा टेकेर अगाडि बढेमात्रै सिन्धुलीको बामपन्थी आन्दोलन अगाडि बढ्ने प्रष्ट पार्नुभयो ।
शहीदहरुले देखाउनु भएको बाटोलाई अहिले नेकपा एमालेले पछ्याईरहेको र नेपाली कम्युनिष्ट आन्दोलनको केन्द्रका नेकपा एमालेनैं रहेकोमा कसैलाई पनि सन्देश नगर्न अपील गर्नुभएको छ ।
कार्यक्रममा नेकपा एमालेका नेताहरु टिकावहादुर देवकोटा लगायतका नेताहरुको सहभागिता रहेको कार्यालय सचिव गोकर्ण भुजेलले जानकारी दिए ।
स्मरणीय छ, बिशाल कुमार माओवादीक केन्द्रीय सदस्य थिए भने बिशाल पत्नी निरु दर्लामी अहिले नेकपा एमालेकी केन्द्रीय सदस्य छिन् ।