यस वर्षको बिशाल-कुमार स्मृति पत्रकारिता पुरस्कार सिवाकोटीलाई

काठमाडौं । विशाल कुमार स्मृति प्रतिष्ठानले यस वर्षको बिशाल कुमार स्मृति पत्रकारिता पुरस्कार लेखक तथा अधिकारीकर्मी बद्री सिवाकोटीलाई प्रदान गरिएको छ ।
नेकपा एमाले बागमती प्रदेश कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच सिवाकोटीलाई पाँच हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथी एमालेका केन्द्रीय सदस्य, सिन्धुली जिल्ला इन्चार्ज एवम् प्रतिष्ठानका संरक्षक मनोजजंग थापाले सिवाकोटीलाई सम्मानित गर्नुभएको हो । कार्यक्रलाई सम्बोधनगर्दै नेता थापाले विशाल कुमारले देखाउनुभएको आदर्श र निष्ठालाई सबैले अनुशरण गर्न विचार र सिद्धान्तको जगबाट आफूलाई अगाडि बढाउन सबैलाई अपील गर्नुभयो ।
प्रतिष्ठानकी अध्यक्ष निरु दर्लामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, कमलजंग राई, संघीय सांसद रणकुमारी बलम्पाकी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।