कोभिड-१९ को खोपमा अमेरिकालाई पहिलो प्राथमिकता फ्रान्सका प्रधानमन्त्रीद्धारा अस्वीकार

फ्रान्सेली औषधि उत्पादक कम्पनी सानोफीले कोभिड-१९ को खोप उत्पादन गर्न सफल भएमा त्यसको पहिलो प्राथमिकतामा अमेरिकालाई राख्नु अस्वीकार्य रहेको फ्रान्सले बताएको छ ।

सानोफीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पउल हडसनले ठूलो मात्रामा जोखिम पूर्ण लगानी गरेकाले अमेरिका सरकारसँग ठूलोमा मात्रामा खोपको पूर्व अडर गर्न पाउने अधिकार रहेको बताएका थिए ।

फ्रान्सले सानोफीका सिइओको सोही अभिव्यक्तिमाथि प्रतिक्रिया दिँदै खोपमा अमेरिकालाई पहिलो प्राथमिकतामा राखिनु कुनै पनि हालतमा स्वीकार्य नरहेको बताएको हो ।

खोपमा सबैको पहुँच हुनु पर्ने फ्रान्सका प्रधानमन्त्री इडूवार्ड फिलिपले बताएका छन्